मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा बेरोजगारी दर ३.५ प्रतिशतले कम

अमेरिकामा बेरोजगारी दर ३.५ प्रतिशतले कम


वासिङ्टन । जुलाईमा अमेरिकी बेरोजगारी दर ३.५ प्रतिशतले कम भएको श्रम मन्त्रालयले शुक्रबार जनाएको छ । 
 
अमेरिकी रोजगारीको अवस्थामा वृद्धि गत महिनामा पनि उल्लेख्य देखिएको छ । थप पाँच लाख २८ हजारभन्दा बढी रोजगारी पाएको र यसलाई मन्दी आउने अनुमानबीच एक आश्चर्यजनक उपलब्धिका रूपमा लिइएको सरकारद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कमा जनाइएको छ ।
 
कोभिड–१९ महामारीपछि उद्योग तथा फर्महरूले मागेको जनशक्तिका कारण यस पहिले रोजगारी गुमेका अत्यधिक व्यक्तिले रोजगारी पाएका कारण अमेरिकी बेरोजगारी दर ३.५ प्रतिशतले कम भएको श्रम मन्त्रालयले जनाएको छ । 
 
तथ्याङ्कअनुसार कुल गैर–कृषि रोजगार पनि महामारीअघिको स्तरसम्म पुनः पुगेको तथ्याङ्कले देखाएको छ । एएफपी