मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारले गुप्तचर परिचालन गरेको भनी आएको समाचार निराधार : सञ्चारमन्त्री कार्की

सरकारले गुप्तचर परिचालन गरेको भनी आएको समाचार निराधार : सञ्चारमन्त्री कार्की


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केही सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको भनी आएको समाचार निराधार भएको बताएका छन् ।  
 
यही साउन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता कार्कीले भने, “पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्न सरकारले गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी वैयक्तिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पार्न चाहन्छु ।” 
 
उनले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत रहेको बताउँदै कुनै भ्रममा नपर्नसमेत अपिल गरे । सरकार गोपनीयताको सम्मान र सम्वद्र्धन गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।   
 
मन्त्री कार्कीले सरकारले शहरी विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख ९करिब रु १४ अर्ब ६९ करोड० सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको जानकारी दिए । 
 
त्यसैगरी सरकारले यही साउन १ गतेदेखि लागू हुनेगरी निक्षेप सुरक्षणको सीमा तीन लाखबाट वृद्धि गरी पाँच लाख रुपैयाँ पु¥याउने, मध्य भोटेकोशी प्रसारण लाइन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने र नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यमा मनोनयन गर्ने पनि निर्णय गरेको छ । 
 
मन्त्री कार्कीले भने, “संयक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा मिति २०७९ भदौ १६ मा सञ्चालन हुने तेस्रो युनिस्कोपमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई भाग लिन स्वीकृति दिने र लुम्बिनी सांस्कृतिक नगरपालिकालाई अस्पताल र लुम्बिनी सांस्कृतिक भवन निर्माण गर्ने प्रयोजनार्थ जग्गा लिजमा उपयोग गर्न दिन स्वीकृति दिने सरकारको निर्णय छ ।” 
 
सरकारले आगामी कात्तिक ३ र ४ गतेसम्म विश्व कृषिस्थानमा हुने स्टेयरिङ कमिटी मिटिङ अफ दि ग्लोबल स्नोल लियोपड एन्ड इकोनमी सिस्टम प्रोटेक्सन प्रोग्रामसम्बन्धी कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रदीप यादव र सचिव डा प्रेमनारायण कँडेललाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि गरेको छ । 
 
सुरुङ्गा नगरपालिका सप्तरीको केन्द्र साविक मधुपट्टी हाल सुरुङ्गा नपा वडा नं ४ मा रहेको ठाउँबाट सुरुङ्गा नपा वडा–५ को कुशाहा कायम गर्ने र आगामी असोज २७ र २८ सम्म इटालीको रोममा आयोजना हुने ‘स्कील राइट्स केयर टाइम टु एक्ट लेसन्स लर्न फर्म द इर्मेजेन्सी’ सम्बन्धी कार्यक्रममा भाग लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने सरकारको निर्णय छ । 
 
सरकारले नेपाल प्रशासन सेवाको राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव दीपक काफ्लेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने र नेपाल लेखापरीक्षण सेवाको राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव विन्दु विष्टलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी महालेखा परीक्षकको कार्यालयको उपमहालेखा परीक्षकमा पदस्थापन गर्ने भएको छ  । 
 
मन्त्री कार्कीले निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका यादवप्रसाद कोइराला समेतका छ जना अधिकृतको सरुवा गर्ने निर्णय गरिएको जानकारी दिए । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने पनि निर्णय गरेको छ । रासस