मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शुक्रबार थप ९१२ मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

शुक्रबार थप ९१२ मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु


काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा ९१२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा कोभिड सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।   
 
पछिल्लो २४ घन्टामा छ हजार चार सय ९१ जनाको नमुना परीक्षण गरिएको थियो । दुई हजार नौ सय ४१ जनाले पिसिआर र तीन हजार पाँच सय ५० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  
 
गत २४ घन्टामा तीन सय ७० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ७१ हजार छ सय २० पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
 
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार सात सय ६० रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ७० पुगेको छ । होम आइसोलेशनमा पाँच हजार पाँच सय ८७, संस्थागत आइसोलेसन एक सय ७३, आइसियूमा ४२ र भेन्टिलेटरमा दुई जना सङ्क्रमित रहेका छन् । 
 
हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने तथा दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा कास्की र मोरङ छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, हुम्ला र बाजुरा रहेका छन् । 
 
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा तीन हजार एक सय ६९, ललितपुरमा सात सय ४५ र भक्तपुरमा ९४ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ । रासस