मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

साहित्यकार दीपक प्याकुरेलको निधन

साहित्यकार दीपक प्याकुरेलको निधन


मेरिका साहित्यकार दीपक प्याकुरेलको निधन भएको छ । केही समयदेखि निमोनिया र जन्डिसबाट ग्रसित प्याकुरेको न्यूयोकको एल्मष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 
 
केही वर्षदेखि न्यूर्योकमा परिवारसहित न्यूर्योकमा बस्दै आएका प्याकुरेको जन्म मकवानपुरको हेटौँडामा भएको थियो । प्याकुरेलले आधी दर्जनभन्दा बढी गीत लेखेका छन् । उनका कयौँ गीतमा आनन्द कार्कीले स्वर दिएका छन् । 
 
स्वर्गीय प्याकुरेलको उबर नामक पुस्तक प्रकाशित छ । उनले बाह्र वर्षपछि र दी वेभ अफ लाइफ पुस्तकका साथै कयौँ गीत लेखेका छन् । स्व. प्याकुरेल उबरको दोस्रो भाग प्रकाशन गर्ने तयारीमा थिए । प्याकुरेलका श्रीमती एक छोरा र एक छोरी छन् । उनी ५३ वर्षका थिए । 
 
उनको अन्त्येष्टि न्यूर्योकमै गरिने भएको छ । कहिले गरिने भन्ने सम्बन्धमा छलफल भइरहेको पारिवारिक सदस्य सन्जु थापाले बताइन् । 
 
साहित्यकार प्याकुरेलको अन्त्येष्टिमा अमेरिकामा रहने सबै साहित्यकार, पत्रकार, समाजसेवी, संघसंस्था तथा कलाकारहरुलाई सहभागी भइदिन स्व. प्याकुरेलको पारिवारले सबैमा अपिल गरेको छ । 

उहॅाको वाह्रवर्ष पछी र The wave of life नामक अरु कृतिहरु पनि प्रकाशित भईसकेको छ 

सोमवार विहान ९:०० वजे वा मंगलवार उहॅाको अन्तिम संस्कार हुने सम्भावना छ ।