मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ह्याकरको चेतावनीका कारण बेलायतको निर्वाचन प्रभावित

ह्याकरको चेतावनीका कारण बेलायतको निर्वाचन प्रभावित


ण्डन । विद्युतीय मतदान यन्त्रलाई ह्याक गरिएको चेतावनी आएपछि बेलायतमा प्रधानमन्त्री चयनका लागि भएको मतदान प्रभावित हुने भएको छ ।
 
देशको सरकारी सञ्चार मुख्यालयले नै ह्याकरहरुले मेसिन ह्याक गर्न लागेको चेतावनी आएकाले मतदान प्रभावित हुने भएको जनाएको छ ।
 
करिब एक लाख ६० हजार टोरी सदस्यका लागि मतपत्रहरू सोमबारदेखि पठाउने कार्यक्रम भएपनि ह्याकरको चेतावनीका कारण ती मतपत्रहरू ढिलोमा अगस्ट ११ सम्ममा पुग्नसक्ने बताइएको छ ।  
 
यसअघि, कन्जरभेटिभ पार्टीका सदस्यहरूलाई पठाइने हुलाकी मतपत्रमा कोड राखि प्रधानमन्त्रीका उम्मेदवार लिज ट्रस र ऋषि सुनकबीच ‘पोस्ट वा अनलाइन’द्वारा चयन गर्न सक्ने व्यवस्था गरिएको थियो । 
 
मतपत्र ह्याक भएको भन्ने सूचनापछि नेशनल साइबर सेक्युरिटी सेन्टरको सल्लाहअनुसार मतदानको पूर्व योजना परिवर्तन गरिएको छ । 
 
मंगलबार साँझ एउटा इमेललाई सङ्केत गर्दै बेलायतस्थित एक सञ्चारमाध्यमले अधिकारीलाई उद्धृत गरी लेखेको छ, “तपाईंको मतपत्र अहिले बाटोमा छ, तर यो हामीले सुरुमा भनेभन्दा अलिपछि तपाईँसँग आउनेछ । 
 
समाचारमा अधिकारीलाई उद्धृत गरि भनिएको छ, “कृपया चिन्ता नगर्नुहोस् । यसो हुनुको कारण के हो भने, हामीले हाम्रो मतपत्र प्रक्रियामा केही थप सुरक्षा प्रावधान थप्न केही समय लिएका छौं, जसले हामीलाई केही ढिला बनाएको छ ।” 
 
पहिलो अनलाइन मतदान प्रणाली अन्तर्गत, साइबर ह्याकरले प्रतिस्पर्धाको अन्त्यतिर अनलाइनबाट धेरै मतपत्रहरूमा संशोधन गर्नसक्ने, साथै, मतपत्रमा देखिने कोड भएमा हुलाकबाट मतदान गर्ने र आफ्नो मतपत्रको तस्वीर अनलाईनमा राख्ने व्यक्तिको विवरण परिवर्तन गर्न सक्ने सम्भावना थियो ।
 
परिणाम सेप्टेम्बर ५ मा घोषणा गरिनेछ । स्मार्केट्सका अनुसार, ब्रिटिश विदेश सचिव लिज ट्रसले बोरिस जोन्सनलाई बेलायतको पछिल्लो प्रधानमन्त्रीको रूपमा ९०.९१ प्रतिशतले प्रतिस्थापन गर्ने दौडको नेतृत्व गरिरहेका छन् जबकि ऋषि सुनकको प्रधानमन्त्री हुने सम्भावना ९.०९ प्रतिशत पुगेको छ । पार्टी सदस्यहरूले सुनकले बोरिस जोन्सनलाई पदच्युत गर्ने भूमिका खेलेको विश्वास गरेका कारण सुनकप्रतिको समर्थ कम देखिएको छ ।
 
ट्रसलाई समर्थन गर्ने र उनलाई सरकार निर्माण गर्न सघाउन चाहेका टोरी सदस्यहरूमा ज्याकोब रिज–मोग, नाडिन डोरिस र बोरिस जोन्सन रहेका छन् । अर्कोतर्फ, हालैको यू–गोभ सर्वेक्षणअनुसार सुनकलाई समर्थन गर्ने टोरी सदस्यहरूमा टम टुगेन्हाट, माइकल गोभ, साजिद जाविद र जेरेमी हन्ट रहेका छन् ।
 
सरकारी अधिकारीहरूको राजीनामाको विवादमा जोन्सनलाई जुलाई ७ मा पदबाट हट्न बाध्य गरिएपछि नेतृत्वका लागि दौड सुरु भएको हो । नयाँ टोरी नेता निर्वाचन जितेर नआउँदासम्म कानुनअनुसार जोन्सनले प्रधानमन्त्रीको पदमा रही जिम्मेवारी सम्हालिरहने छन् । एजेन्सी