मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

सांसद् ह्यारी भण्डारीद्वारा कोलोराडोको नेपाली सामुदायिक भवन अवलोकन

सांसद् ह्यारी भण्डारीद्वारा कोलोराडोको नेपाली सामुदायिक भवन अवलोकन


कोलोराडो, अमेरिका । अमेरिकामा नेपाली समुदायका अगुवा, प्रेरणका स्रोत मेरिल्याण्ड स्टेटको हाउस अफ एसेम्बेली सदस्य ह्यारी भण्डारीले कोलोराडोमा नेपाली समुदायबाट हालै खरिद गरिएको नेपाली सामुदायिक भवनको अवलोकन गरेका छन् ।
 
डेमोक्र्याटिक पार्टीबाट मेरिल्याण्ड स्टेटको हाउस अफ एसेम्बेली सदस्यमा दोस्रो कार्यकालको लागि उमेदवार रहेका भण्डारी नेपाली समुदायबाट शुभ आर्शीवाद तथा सहयोगको लागि मिट एण्ड ग्रेट कार्यक्रममा कोलोराडो आउँदा आइतबार उक्त अवलोकन भ्रमण गरेका हुन् । 
 
भण्डारी नेपाली सामुदायिक भवनको प्राङ्गणमा आईपुग्दा उनलाई नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले खादा लगाई दिई स्वागत गरेका थिए ।
 
कार्यक्रममा नेपाली घरका सल्लाहकार पुरुषोत्तम पाण्डे, अध्यक्ष जगदीशचन्द्र ढकाल, उपाध्यक्षद्वयय बसन्त लम्साल र नवराज मरासेनीले सांसद् भण्डारीलाई सामादायिक भवनको अवस्थाबारे जानाकारी गराएका थिए । सबैका कुरा सुनिसकेपछि उनले स्थानीय सिटी तथा स्टेटसँग परमिटको तथा अन्य आर्थिक सहयोग जुटाउन सकिने विभिन्न उपायहरुबारे जानकारी गराएका थिए । 
 
उनले आफ्नो कोलोराडो बसाईको समयमा स्थानीय सांसद्, गर्भनरलगायतका व्यक्तिहरुसँग यसबारे कुरा उठाउने आश्वासन दिए । भण्डारीले सिटीमा र स्टेटमा पठाएउने सबै कागजपत्रको आफूलाई पनि सिसी गरी पठाउन सल्लाह दिँदै, यसको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
 
आफ्नो मूल उद्देश्य नै अमेरिकामा नेपालीलाई देखिने र सुनिने बनाउने रहेको भन्दै उनले आफूलाई यस सामुदायिक भवन निर्माण अभियानमा जोडिन पाउँदा गौरव लागेको बताए । उनले यस चारवर्षे कार्यकालमा समुदायिक विकाससम्बनधी धेरै मुद्दाहरु उठान गरेको र जसमध्ये १४ वटा मेरिल्याण्ड स्टेटको हाउस अफ एसेम्बेलीबाट पास गराउन सफल भएकोमा खुसी व्यक्त्त गरे । 
 
कार्यक्रममा उनले आफ्नो कार्यकालमा पास भएका १४ वटा बिलमा सही गरेको कलम कोलोराडो नेपाली समुदायले निकट भविष्यमा निर्माण गर्ने संग्राहलयमा राख्न हस्तान्तरण गरे ।
 
उनले अहिले अमेरिकामा हामी हाम्रो सामुदायिक विकासको लागि भर्खर जग खन्दैछौँ । यस्तो अवस्थामा हामी चुप लागेर बसे हाम्रो घर कहिल्यै तयार हुन नसक्ने र हाम्रो समुदायको हकहितको लागि हाम्रा छोरा नातीले पनि संघर्ष गरिरहनपर्ने अवस्था आउने हुनाले अधिकार खोजिकोलागी सबैलाई अग्रसर हुन अनुरोध गरे ।
 
नेपाली सामुदायिक भवनको अवलोकन भ्रमणगरी महत्त्वपूर्ण सर सल्लाह सुझावमार्फत  मार्ग दर्शन गराई दिएकोमा नेपाली घरका सल्लाहकार एबं समाजसेवी पुरुषोत्तम पाण्डेले भण्डारीलाई धन्यवाद दिएका थिए ।