मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

मङ्कीपक्सका कारण न्यूयोर्कमा सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा

मङ्कीपक्सका कारण न्यूयोर्कमा सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा


न्यूयोर्क । मङ्कीपक्सको प्रकोपका कारण न्युयोर्क शहरले शनिबार सार्वजनिक स्वास्थ्य सङ्कटको अवस्था घोषणा गरिएको छ । 
 
न्यूयोर्क शहरका मेयर एरिक एडम्स र शहरका स्वास्थ्य आयुक्त आश्विन भासनद्वारा संयुक्तरूपमा जारी वक्तव्यमा न्यूयोर्क राज्यमा कूल एक हजार ३८३ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।
 
“हाल न्यूयोर्क शहर यो प्रकोपको केन्द्र हो र हाम्रो अनुमानअनुसार हाल करिब एक लाख ५० हजार न्यूयोर्कवासीहरू मङ्कीपक्स सङ्क्रमणको जोखिममा पर्न सक्छन्,” उक्त वक्तब्यमा लेखिएको छ ।
 
यस घोषणाले स्वास्थ्य विभागलाई शहरी स्वास्थ्य नियम अन्तर्गत आकस्मिक आदेश जारी गर्न र सङ्क्रमण विस्तारलाई सुस्त बनाउन नियम तथा प्रावधानहरूमा संशोधन गर्न अनुमति दिनेछ । 
 
न्यूयोर्कका गभर्नर क्याथी होचुलले राज्यमा मङ्कीपक्स सङ्क्रमणले प्रकोपको रूप लिएको घोषणा गरेको एक दिनपछि नयाँ घोषणा भएको बताए । 
 
बिहीबार न्यूयोर्क स्वास्थ्य विभागले मङ्कीपक्स सङ्क्रमणलाई ‘जनस्वास्थ्यको लागि आउनै लागेको खतरा’ को घोषणा गरेको थियो । संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको तथ्यांकले देखाएअनुसार शुक्रबारसम्म अमेरिकाभर पाँच हजार १८९ रोगको पुष्टि भएको थियो ।  
 
विश्व स्वास्थ्य संगठनले जुलाई २३ मा मङ्कीपक्स सङ्क्रमणलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य सङ्कटका रूपमा घोषणा गरेको थियो । एजेन्सी