मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूचना प्रविधि   

मेगा मिलियन एक अर्ब डलरभन्दा माथि पुग्यो

मेगा मिलियन एक अर्ब डलरभन्दा माथि पुग्यो


मेरिका । अमेरिकाभित्र खेलिने चिठ्ठा मेगा मिलियनको पुरस्कार राशी एक अर्ब २५ करोड डलर पुगेको छ । शुक्रबार राति सार्वजनिक हुने मेगा मिलियनको कुल राशी नेपाली रुपैयाँमा हिसाब गर्दा यो झण्डै एक खर्ब ३० अर्ब रुपैयाँ हुन आउँछ । 
 
यो चिठ्ठा पर्‍यो भने एकै पटक तपाईं नेपालका डलर अर्बपति विनोद चौधरी जत्तिकै धनी बन्नुहुने छ । कयौँ पटक खोल्दा कसैलाई पनि नपरेपछि मेगा मिलियनको पुरस्कार राशी बढ्दै गएको हो । 
 
एउटाको दुई रुपैयाँमा पाइने यो चिठ्ठामा १ देखि ७० सम्मका ५ र एउटा मेगा बल नम्बर हुन्छ । किनेको चिठ्ठामा सबै नम्बर मिल्यो भने एक पटक धनी हुने अवसर मिल्ने छ । 
 
शुक्रबार खुल्ने चिठ्ठा पर्‍यो भने कति पाइन्छ त ? सबै नम्बर मिल्यो भने सबै एक अर्ब र चानचुन डलर नै पाइन्छ भन्ने होइन । एकै पटक नगद लिन्छु भन्ने हो भने पुरस्कारको रकम करिब ६० करोड २५ लाख डलर हुन आउँछ । यो पनि नेपाली रुपैयाँमा ७० अर्ब रुपैयाँभन्दा बढी हुन्छ । तर, यो ६०  करोड २५ लाख रुपैयाँमा पनि केन्द्र र राज्यले लगाउने कर तिर्नुपर्ने छ । सबै कटाउँदा पनि पाइने रकम भने निकै ठूलो नै हुने छ । 
 
पुरस्कारको राशी बढ्दै गएकाले किन्नेहरु पनि बढ्न थालेका छन् । यदि शुक्रबार खोल्दा कसैलाई यो चिठ्ठा परेन भने शुक्रबार राशी अझ बढ्ने छ । तर, एक जनाभन्दा बढीलाई समेत चिठ्ठा पर्न सक्छ । 
 
यो चिठ्ठा पर्ने सम्भावना भने ३० करोडमा १ मात्र छ । यो हिसाबमा यो चिठ्ठा पर्ने सम्भावना निकै कम छ । यदि तपाईंलाई यो जीवनमा धनी नै हुन लेखेको छ भने पर्न पनि सक्छ । आखिर भाग्यो भयो भने कसको के लाग्छ र ?