मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अगष्ट ६ को वृहद रक्तदानको व्यापक तयारी

अगष्ट ६ को वृहद रक्तदानको व्यापक तयारी

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 
ड्यालस (अमेरिका) –  नेपाली समुदायको सकृयता र युलेस सिटीको सहयोगमा आउँदो अगष्ट ६ तारिक वृहद रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । सो रक्तदानका लागि धमाधम दर्ता हुने क्रम जारी रहेको छ ।
 
हिमालय खबर अनलाइन, ब्लड डोनर्स अमेरिका टेक्सस च्याप्टर, अमेरिकी रेडक्रस र सिटी अफ युलेसको संयुक्त आयोजनामा रक्तदान हुन लागेको हो । ब्लड डोनर्स टेक्ससका अध्यक्ष अजय बगालेका अनुसार यो कार्यक्रममा सहभागी हुन चाहनेले अनलाइन मार्फत अग्रीम दर्ता गर्नुपर्ने भएकोले तलको लिंकमा गएर यथासिघ्र दर्ता गर्न आव्हान गरेका छन् ।
 
युलेसको लाइब्रेरीमा यो कार्यक्रम अगष्ट ६ तारिक बिहानदेखि हुनेछ । एकजनाले रक्तदान गर्दा तीनजनाको जीवन बचाउन सकिन्छ । यस्तो पुनित कार्यक्रममा सहभागी भएर नेपाली समुदायको एकता प्रदर्शन गर्न समेत बगालेले आग्रह गरेका छन् । 
 
एकजना स्वस्थ मानिसले अघिल्लो पटक रक्तदान गरेको ५८ दिनपछि पुनः रक्तदान गर्न सक्छन् । सिटी अफ युलेस समेत संलग्न भएको यो कार्यक्रममा सहभागी हुनका लागि अहिलेसम्म झण्डै तीन दर्जनले इच्छा दर्शाएर फर्म भरिसकेका छन् ।

Please register here 
https://www.redcrossblood.org/give.html/drive-results?zipSponsor=donor&fbclid=IwAR3rpoqN2fEAIus4UToXSZtRf2qtsIiLefT7fOJIYWgI0u6sYXsP9z2kCIU