मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

जुलाई २२ शुक्रबारदेखि युलेसको सिनेपोलिसमा ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आउने

जुलाई २२ शुक्रबारदेखि युलेसको सिनेपोलिसमा ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आउने


The United States. पछिल्लो समय अमेरिका नेपाली चलचित्रका लागि राम्रो बजार बन्दै आइरहेको छ । त्यसमाथि पनि टेक्सस सेरोफेरोमा नेपाली चलचित्रहरूप्रति दर्शकहरूको उत्साहजनक चासो रहने गरेको छ ।
 
यसै सिलसिलामा झरना थापाको निर्देशन सुनीलकुमार थापाको निर्माण एवं अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतलगायतका चर्चित कलाकारहरूको अभिनय रहेको यस वर्षकै सर्वाधिक सफल नेपाली चलचित्र ए मेरो हजुर ४ आगामी शुक्रबार अर्थात जुलाई २२ देखि युलेस सिटीमा रहेको सिनेपोलिस लक्जरी सिनेमाजमा प्रदर्शनमा आउने भएको छ । 
 
यस अगाडि कबड्डी ४ पनि सोही सिनेमाघरमा सफलतापूर्वक प्रदर्शन भएको थियो। यसप्रकार नेपाली चलचित्रले अमेरिकाका सिनेमाघरहरुमा नियमित शो पाउनु नेपाली चलचित्र क्षेत्रका लागि उत्साहजनक रहेको चलचित्रका डालस वितरक सुरेश दर्पण पोखरेल बताउँछन् । 
 
यस्तै ड्यालस सेरोफेरोमा रहनुभएका आम दर्शकहरुले आफ्नो चलचित्रलाई हेरेर माया गरिदिने विश्वास चलचित्रका नायक अनमोल केसीले विश्वास व्यक्त गरेका छन् । चलचित्रको ड्यालस प्रदर्शनको बारेमा छोटो प्रतिक्रिया दिँदै निर्देशक झरना थापा र कलाकार सुहाना थापाले पनि टेक्ससमा रहने नेपालीहरुलाई आफ्नो फिल्मलाई माया गरिदिनका लागि भिडियो सन्देशमार्फत आग्रह गरेका छन् ।