मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए नागरिकता कागलाई बेल पाकेजस्तै

एनआरएनए नागरिकता कागलाई बेल पाकेजस्तै

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेरिका । संसदमा पुगेको नागरिकता विधेयकले विदेशमा बस्ने नेपालीको मागलाई कति सम्बोधन गर्छ ? सीधाभन्दा हुन्छ केही पनि गर्दैन । नेपालको संविधानमा विदेशी नागरिकता लिने नेपालीलाई गैरआवासीय नागरिकता दिन सक्ने उल्लेख छ । त्यहाँ नेपाली नागरिकताका बारेमा विभिन्न प्रावधान पनि छन् । 
संविधानको यही व्यवस्थाअनुसार नयाँ नागरिकता ऐन ल्याउन लागिएको हो । विदेशमा नागरिकता लिएका नेपालीका लागि यो कुनै ठूलो उपलब्धि होइन । 
सारमा एनआरएनए नागरिकता र एनआरएनए कार्डमा खासै ठूलो भिन्नता छैन । त्यसो भए नेपालको नागरिकता भएका अन्य देशको पनि नागरिकता लिएका नेपालीले किन एनआरएनए नागरिकता लिने भन्ने प्रश्न उठ्छ । 
एनआरएनएका केन्द्रीय पदाधिकारीले त यसलाई ठूलो उपलब्धि मान्दै काठमाडौँमा दौडधुप गरिरहेका छन् । यसलाई विदेशमा बस्ने नेपालीले पाएको ठूलो उपलब्धि भन्दै आत्मरतिमा रमाएका छन् । विदेशमा बस्ने नेपालीले नेपालका लागि जुन योगदान दिएका छन्, यसको तुलनामा एनआरनएनए नागरिकता कुनै उपलब्धि नै होइन । 
अमेरिका, बेलायतलगायतका देशमा त्यहाँ बस्न सजिलो होस् भन्ने उद्देश्यले त्यहाँको नागरिकता स्वीकार्ने नेपालीको संख्या वृद्धि भइरहेको छ । अहिलेसम्मको प्रावधानअनुसार अन्य देशको नागरिकता स्वीकारेपछि नेपाली नागरिकता स्वतः रद्द हुन्छ । 
नेपाली नागरिकता लिएर विदेशमा गएको नेपाली समुदायको मुख्य माग एकपटक पाएको नागरिकताको निरन्तरता हो । तर, उक्त विधेयक स्वीकृत भएपछि एनआरएनए नागरिकता लिन पहिले भएको नेपाली नागरिकता रद्द गर्नुपर्ने हुन्छ । त्यसपछि प्रक्रियाअनुसार तोकिएको कार्यालयमा निवेदन दिएर एनआरएनए नागरिकता लिनुपर्ने हुन्छ ।

त्यसबाहेक सरकारले तोक्ने अन्य शर्त पनि पूरा गर्नुपर्ने हुन्छ । एनआरएनए नागरिकता लिँदा राजनीतिक अधिकार उपयोग गर्न पाइँदैन । यस्तै यो नागरिकताबाट नेपाली पासपोर्ट लिन सकिने वा नसकिने पनि स्पष्ट छैन ।

सबैभन्दा बढी नेपाली समुदायले नागरिकता लिएको देश अमेरिका हो । अब अमेरिका बस्ने नेपाली जसले अमेरिकी नागरिकता पनि लिएका छन्, उनीहरुले एनआरएनए नागरिकता लिन्छन् त ? अहिलेको स्थितिमा अमेरिका बस्ने नेपालीलाई एनआरएनए नागरिकता लिन आकर्षित गर्ने कुनै कारण देखिँदैन । 
अमेरिकाको नागरिकता लिँदा यहाँ बस्न र यहाँको सरकारले दिने विभिन्न सुविधा उपयोग गर्न पाइन्छ । विदेशमा यात्रा गर्दा सजिलो हुन्छ । अमेरिका बस्दा ढुक्क हुन्छ । यही भएर आवश्यकतावश नेपाली समुदायले अमेरिकाको नागरिकता लिने गरेका छन् । 
तर, जसलाई २/३ वर्षमा एकपटक आफ्नो मातृभूमि नेपाल जानु छ त्यहाँ केही गर्नु छैन भने किन पहिलेको नेपाली नागरिकता रद्द गरेर झन्झट लिने भन्ने प्रश्न उठिहाल्छ । नेपालमा लगानी गर्न, आउजाउ गर्न एनआरएनए कार्ड भए पुगिहाल्छ । यहाँ जन्मेका र नेपाली नागरिकता नलिएकाले पनि एनआरएनए कार्ड पाउँछन् भने किन एनआरएनए नागरिकता लिनुप-यो ?

त्यसैले एनआरएनए नागरिकताले नेपालीलाई आकर्षित गर्नुपर्ने कारण देखिँदैन । फेरि भइरहेको नागरिकता किन त्याग्ने भन्ने हुन्छ । फेरि स्थायीरूपमा नेपाल बस्न जाने हो भने अमेरिकाको नागरिकता छाडिदिए भइहाल्छ । यो अवस्थामा किन एनआरएनए नागरिकताका लागि झन्झट लिने ?