मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

समाजवादीको प्रवास सहसंयोजकमा कार्की

समाजवादीको प्रवास सहसंयोजकमा कार्की

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका)-  नेकपा (एकीकृत समाजवादी) सँग निकट प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटीको सहसंयोजकमा टेक्ससका भीम कार्की चयन भएका छन् । 
 
नयाँ पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रम आईतबार सम्पन्न भएको छ। सपथ ग्रहण कार्यक्रम अनलाइनमार्फत भएको थियो । 
 
एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य श्रीप्रसाद शाहको संयोजकत्वमा गठन भएको ४५ सदस्यीय समन्वय कमिटीको सह संयोजकद्वय सुवास पोखरेल(जर्मनी) र भीम कार्की(अमेरिका) छन्। 
 
कमिटीको सचिव ध्रुव सुवेदी(अस्ट्रेलिया) र उप सचिवद्वय रामहरी गैरे(कतार) तथा सागर रिजाल(जापान)रहेका छन्। 
 
त्यसै कमिटीको सदस्यहरुमा सीता खरेल(अमेरिका),भानुभक्त पोखरेल (नेपाल),सञ्जय मुडभरी(स्विजरल्याण्ड),अर्जुन खतिवडा (बेलायत), राधाकृष्ण देउजा(अमेरिका),टीबी कार्की(कतार),टेक गुरुङ(अमेरिका),डा. मनमूर्ति भुर्तेल (रुस), कृष्ण तिवारी(बेलायत), मनोज भुसाल (फिनल्यान्ड), लेखनाथ कोइराला(ओमान), शुभराज बमजन(दक्षिण कोरिया), विमल गौतम (साउदी अरब), युवराज गैरे(कुवेत) रहेका छन् । 
 
त्यस्तै अन्य सदस्यहरुमा टंक कटुवाल(पोल्याण्ड), राजन काफ्ले(आयरल्यान्ड), कृष्ण देवकोटा(जर्मनी), प्रेम गौतम(स्वीडेन), बाला घिमीरे(अमेरिका), यम लामा(अमेरिका), विपिन सापकोटा(युएई), शेरबहादुर परियार(पोल्याण्ड), दीपेन्द्र गजुरेल (स्पेन), राजु गुरुङ(युएई), निराजन सुवेदी(पोर्चुगल), अकल लामा(जर्मनी), हिरामान राई(हङकङ), माधव शाह(अस्ट्रेलिया), पशुपति प्रसाद भण्डारी(नर्वे), दोर्ण सिलवाल(जापान), निगम खनाल(क्यानडा), प्रेम वम्जन(ओमान), देवशंकर घिसिङ (कुवेत), हरि बहादुर तामाङ(क्रोसिया), चिन्तन बुढामगर(साइप्रस), जिवच्छ यादव(ब्रुनाई), धन बहादुर बोहरा(नेदरल्यान्ड्स), उमेश मोक्तान(बेलायत), अच्युत थपलिया (अस्ट्रेलिया)रहेका छन्। 
 
सपथ ग्रहण कार्यक्रममलाई सम्वोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलन जोगाउन विद्रोह गर्नु परेको बताए । उनले आफूहरुले  संविधान विघटन हुनबाट देशलाई जोगाएको बताए । 
 
लोकतन्त्र तथा गणतन्त्रको विरुद्धका र पक्षधरताको बीचको लडाई आजको मुख्य अन्तरविरोध भएको उनले उल्लेख गरे। उनले आगामी निर्वाचनमा प्रवासमा रहेका समाजवादी आन्दोलनका यात्रीहरुको सल्लाह, सुझाव र सहयोगको आवश्यकता रहेको बताए ।