मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

गगन थापा किन प्रधानमन्त्री बन्न योग्य छैनन

गगन थापा किन प्रधानमन्त्री बन्न योग्य छैनन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

के गगन थापा आउने चुनावमा प्रधानमन्त्रीका लागि योग्य उम्मेदवार हुन् ? अहिलेकै अवस्थामा भन्नुपर्दा-होइनन् । गगनले राजनीतिक उचाई त बढाएका छन् । तर, जनताले चाहेको जस्तो प्रधानमन्त्री हुन सक्छन् भन्ने क्षमता भने प्रदर्शन गर्न सकेका छैनन् ।
 
आम नागरिक विशेषगरी युवाले विभिन्न क्षेत्रमा परिवर्तन खोजेका छन् । अर्थतन्त्र, पुर्वाधार विकास, कर्मचारी प्रशासन लगायत थुप्रै क्षेत्रमा सुधार र परिवर्तन आवश्यक देखिएको छ । यसमा राजनीतिक नेतृत्व असफल भईरहेको छ । राजनीतिक उचाई बढाएका गगनले पनि युवाको चाहनालाई सम्वोधन हुने गरी विकास र आर्थिक सुधारको कुरा उठाउन सकेका छैनन । अहिलेका राजनीतिक पार्टीका नेता भन्दा उनी केही कदम अगाडी मात्र देखिएका हुन् । तर, युवाको चाहना यसभन्दा निकै बढी छ । गगनको स्वभाव मास (भीड) को रूची कतातिर छ भनेर लेखाजोखा गर्ने र त्यतातिर अाफूलाइ ढाल्ने रूपमा परिचित छ । 
 
गगनका भाषणमा विकासका कुरा भन्दा धेरै विपक्षी राजनीतिक नेतालाई गाली सुनिन्छ । देशमा आउँदै गरेको आर्थिक संकटलाई पार पाउने उपाय के हुन सक्छ ? आम नागरिक वा सेवाग्राहीले चाहेअनुसारको कर्मचारी प्रशासनका लागि सुधार योजना, सुशासन, पुर्वाधार विकास र निमार्ण जस्ता विषयमा गगनले आशा जगाउने गरी धारणा राख्न सकेका छैनन् । नेपाली कांग्रेसले अघि वढाएको आर्थिक सुधार, निजिकरण, कर्मचारी प्रशासनमा सुधार जस्ता विषयमा गगनले ठोस धारणा दिन सकेका छैनन् । यस्तो गर्नु पर्छ भन्न सकेका छैनन् ।
 
काठमाडौ महानगरपालिकामा बालेन (बालेन्द्र) शाहले उम्मेदवारी दिए पछि धेरैले उनलाई मन पराए । भोट दिए । बालेनले विकासका कुरा उठाएका थिए । सुधारका कुरा उठाएका थिए । आम नागरिकका स साना कुरा उठाएका थिए । त्यही भएर भोट पनि पाए ।  बालेनको उदयले गगनको चर्चामा ब्रेक लागेको छ । लोकप्रियतामा बालेनले गगनलाई पछि पारेका छन् । बालेनको जीत लगत्तै गगनले संसद भित्र र वाहिरसार्वजनिक रुपमा आर्थिक र विकासका कुरा त उठाए । तर, ति पुरानै शैलीका थिए । नयाँपन थिएन । उनको धारणा स्पष्ट रुपमा आउन सकेको छैन । 
 
सजर्क प्रकाश सुपतले केही महिना अघि एउटा गित पिर सार्वजनिक गरे । त्यो गितमा राजनीतिक सन्देश लुकेको थियो । उक्त गीतको आशय थियो देशमा प्रजातन्त्र आयो, गणतन्त्र आयो तर, आम जनताको जिवनस्तर सुध्रेन । आर्थिक क्रान्ति भएन र रोजगारका लागि विदेश जानु पर्ने वाध्यता पर्यो ।
 
अहिले देशको यथार्थता यही हो । राजनीतिक परिवर्तन त भयो तर, आम जनताको जीवनस्तर सुध्रेको छैन । युवालाई विदेश पठाएर आएको पैसाले देशको अर्थतन्त्रको टेको लागेको छ । देश भित्र वसेका युवामा चरम निराशा छ । लाखौं तिरेर मास्टर्स गरेका कयौं युवाहरु बैंकमा ३०/४० हजार रुपैंया तलबमा काम गरिरहेका छन् । अहिलेको महंगीमा यो पैसाले दैनिक गुजारा गर्न पनि पुग्दैन । सार्वजनिक स्कुल, कलेज, अस्पताल, यातायात लगायतको अवस्था दयनीय छ । कर्मचारी प्रशासन देखि शेयर बजारसम्म सुधारको खाँचो छ । पढेलेखेका युवाले देश भित्र उन्नती हुने चित्त वुझाउने कुनै आशा देखेका छैनन् । त्यही भएर विदेश जान चाहनेको संख्या अत्याधिक छ ।
 
राजनीतिक पार्टी प्रति युवामा  वितृष्णा बढीरहेको छ । पिर गितले यही कुरा उठाएको थियो । काठमाडौमा बालेनको जितको कारण पनि यस्तै हो । राजनीतिक पार्टी र यसको नेतृत्वले युवालाई चित्त वुझाउने आशा देखाउन सकेको छैनन । गगनले पनि अहिलेसम्म यस्तो आशा देखाउन सकेका छैनन् । 
 
भारतमा पुरानो सत्तारुढ पार्टी राजनीतिक रुपमा निकै खुम्चिएको छ । धर्मसँग जोडेर भारतीय जनता पार्टी (भाजपा)को आलोचना हुने भएपनि यो पार्टी केही बर्षयता लगातार चुनावमा जित निकाल्न सफल भएको छ । विकासको नारा दिएर नै भाजपा सफल भएको हो । जहाँ भाजपा कमजोर छ त्यहाँ विकास र आमनागरिकका ससाना कुरा उठाउने आम आदमी पार्टी अगाडी बढ्दै छ । नयाँदिल्ली पछि पञ्जावमा आम आदमी पार्टीको लहर आउनु विकास र परिवर्तनका नाराले गर्दा हो भन्दा फरक पर्दैन ।
 
गगन चर्चित नेता त हुन तर, युवालाई विकास प्रति आशा देखाउन सकेका छैनन । उनी सेलिब्रेटी त हुन्, तर भिजन दिने खुबी छैन । पछिल्लो समयमा उनका भाषणले युवालाई तान्न सकेको छैन । त्यसैले उनले आफ्नो पक्षमा लहर ल्याउन सकेका छैनन् । 
 
गगनले स्विकारेका छन् कुनै वेला उनी बाख्रा पालन व्यवसायमा लागेका थिए । त्यो सफल भएन । फर्पिङ्गमा कुरिलो खेती गरे । त्यसमा पनि असफल भए । काठमाडाैंमै मासु पसल खोले । त्यो पनि केही समयमै बन्द गरे । 

व्यवसाय सफल हुन पनि सक्छ नहुन पनि सक्छ । आर्थिक रुपमा त्यसको फाइदा बेफाइदा गगनले नै पाए, लिए । त्यो उनको एकल व्यवसाय थियो, असफल हुँदा उनलाई नै हानी भयो । अरुलाई खासै असर परेन । तर, प्रधानमन्त्री भएर गगन असफल भएभने यसको असर देशलनै भोग्नु पर्नेछ ।