मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिकाको साधारणसभा : आइसिसी र एनसिसीबीच समझदारी-पत्रमा हस्ताक्षर

एनआरएनए अमेरिकाको साधारणसभा : आइसिसी र एनसिसीबीच समझदारी-पत्रमा हस्ताक्षर


मेरिका । प्रवासी नेपालीहरूको साझा सङ्गठन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाको एघारौँ साधारण सभा तथा विज्ञ भेला नर्थ क्यारोलिनामा सम्पन्न भएको छ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र अध्यक्ष बुद्धिसागर सुवेदीले पानसमा बत्ती बालेर साधारण सभाको उद्घाटन गरेका थिए । 
 
साधारण सभामा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) का दुई अध्यक्ष कुल आचार्य र रविना थापा, महासचिव डा. केशव पौडेल, सचिव राजन त्रिपाठी, अमेरिकाज रिजनका डिआरसी रामकुमार सुवेदी, नर्थ क्यारोलाइना मोरिसभिल शहरका नगर प्रमुख टिजे काउली, सांसद कमला पन्त, नेपाली काङ्ग्रेस केन्द्रीय सदस्यहरू मधु आचार्य र प्रतिमा गौतम, नेविसङ्घका पूर्वमहामन्त्री मनोजमणि आचार्य, नेपाली कांग्रेसस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, दाङ जिल्ला सभापति शंकर डाँगी, राप्रपा नेपालका केन्द्रीय सदस्य लोक तिवारी, नेपाली काँग्रेसका महासमिति सदस्य विष्णु सुवेदी, जनसम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्बाङ्, जनसम्पर्क समितिका संस्थापक सदस्य नारायण थापा, एनआरएनए अभियन्ताहरू डा यादव पण्डित, डा रुद्र अर्याल, विश्व बराको सहभागिता रहेको थियो । 
 
कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ नेजाका महासचिव सुरज भण्डारी, पानस आइसिसीका अध्यक्ष प्रेमकुमार श्रेष्ठ, जनप्रगति शिल मञ्चका संस्थापक अध्यक्ष काशी पौडेल, उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचनको, गाउँपालिका समन्वय समितिका महासचिव वंशलाल तामाङ, इन्स्टिच्युट अफ चार्टर एकाउन्टेन्ट संघ नेपालका पूर्वअध्यक्ष महेश खनाल, आइसिसीका फोकल पर्सन सुरज दाहाल, आइसिसीका सदस्यहरू,एनसिसीका पदाधिकारीहरू स्थानीय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको पनि उद्घाटन सत्रमा उपस्थिति थियो ।  
 
साधारण सभाको अवसरमा आइसिसी र एनसिसी अमेरिकाबीचमा २४ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापत्र आइसिसीका अध्यक्षद्वय कुल आचार्य, रविना थापा र महासचिव डा केशव पौडेलको उपस्थितिमा एनसिसी अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले हस्ताक्षर गरेका छन् ।  
 
साधारण सभाले विधानमा निवर्तमान अध्यक्ष प्रमुख संरक्षक रहने प्रावधानलाई हटाएर पूर्व अध्यक्ष मध्येबाट संरक्षक राख्ने, च्याप्टर सभापतिहरूलाई एनसीसी अमेरिकाको स्वतः वोर्डअफ डाइरेक्टर हुने, गिफ्ट कार्डबाट सदस्य बन्न नपाउने व्यवस्था गरेको छ। महिला प्रतिनिधित्व बढाउनको लागि  कार्यसमिति र सल्लाहकार समितिमा ३३ प्रतिशत सहभागिताको ग्यारेन्टी गर्ने व्यवस्था गरेको छ । साधारण सभा आगामी दिनमा जुलाई को अन्तिम समयतिर हुने व्यवस्था समेत विधानमा गरिएको छ। 
 
एक वर्षको कार्यकालमा महत्त्व पूर्ण उपलब्धिको रूपमा कोभिड(१९ को समयमा अमेरिकी सेनाको हवाईजहाज मार्फत नेपालमा राहत सामग्री पठाइएको थियो। नेपालमा आपद् विपद् परेको समयमा अमेरिकी सेनाले निःशुल्क सामग्री ढुवानी गराउने व्यवस्था एउटा महत्त्वपूर्ण उपलब्धि हो। नेपालको राष्ट्रिय क्रिकेट टिमलाई प्रोत्साहन तथा अवसर प्रदान गर्ने उद्देश्यले टेक्ससको ह्युज्टनमा जुन २ र ४ मा एनआरएनए अमेरिका कप( २०२२ को आयोजना गरिएको थियो। 
 
एनआरएनए को ूओन एनसिसी ओन च्यारिटीू कार्यक्रम अन्तर्गत सल्यानको कुसाख गाउँ पालिकामा प्रसूति भवन निर्माणको कार्य सम्पन्न भएको छ। सो कार्यमा भवन निर्माण,सामाग्री खरिद र बर्थिङ्ग सेन्टरमा बस्नेलाई दुई वर्षको तलब गरी करिब ४० लाख नेपाली रुपैयाँ बराबरको सहयोग एनआरएनए अमेरिकाले गरेको छ। 
 
यस कार्यले नेपालको ग्रामीण भेगमा प्रत्यक्ष रूपमा सामाजिक सेवा पुर्‍याउन एनआरएनए अमेरिका सफल भएको छ। अमेरिका स्थित नेपाली दूतावास तथा नेपालस्थित अमेरिकी दूतावाससँग समन्वय गर्दै नेपालीहरूलाई सहयोग पुर्‍याउने कार्यको सुरुवात यसै कार्यकालमा भएको छ। 
 
विगत एक वर्षमा एनसीसी, च्याप्टर तथा टास्कफोर्सले गरेर तीन सय भन्दा बढी कार्यक्रमहरू आयोजना गरेको तथा सो दौरानमा आपदविपद परेको समयमा दुई लाख पचास हजारभन्दा बढी आर्थिक सहायता गरेको जानकारी अध्यक्ष बुद्धिसागर सुवेदीले दिएका छन् ।  
 
यस कार्यकालको महत्त्वपूर्ण सफलताको रूपमा झोलामा रहेको संस्थालाई आफ्नो भवनमा सार्ने तयारीको रूपमा रहेको छ। भवन खरिद गर्नको लागि सम्भाव्य स्थलको निरीक्षण गरिएको र खरिदसम्बन्धी सम्पूर्ण कार्य आगामी एक वर्षभित्रमा सम्पन्न गरिसक्ने लक्ष्य कार्यसमितिले राखेको छ।