मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

अमेरिका पुगेर कांग्रेस नेताहरुले दिए गठबन्धन नतोडे ठूलो क्षति व्यहोनुपर्ने चेतावनी

अमेरिका पुगेर कांग्रेस नेताहरुले दिए गठबन्धन नतोडे ठूलो क्षति व्यहोनुपर्ने चेतावनी

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क । नेपाली काँग्रेसका नेताहरुले अमेरिका पुगेर गठबन्धनबाट मुक्त नभए ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन् । उनीहरुले कम्युनिस्ट पार्टीहरुबाट कांग्रेसले विगतमा धोका पाएको र फेरि पनि पाउने बताए ।
 
नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति विश्व सञ्जालले अमेरिकाको न्यूर्योकमा आयोजना गरेको कार्यक्रममा नेताहरुले कांग्रेसले सदैव कम्युनिस्टहरुबाट धोकासिवाय अरु केही नपाएको बताए । कांग्रेस नेतत्वले अब निर्णय लिने बेला आएको उनीहरुको भनाइ थियो ।
 
नेपाली काग्रेसका केन्द्रीय सदस्य कमला पन्तले गठबन्धन छोडी जनताको घरदैलोमा जान अब ढिलो गर्न नहुने बताइन् । उनले आमूल परिवर्तनको नारासहित कांग्रेस जनताको घरदैलोमा पुग्नुपर्ने बताइन् । भावी प्रधानमन्त्रीको नामसहित निर्वाचनमा जाँदा पार्टीभित्रैबाट अन्तर्घात हुन सक्ने उनको भनाइ थियो ।
 
कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले आउँदो संसदीय निर्वाचनामा पार्टीले जनताको परिवर्तनको चाहनालाई मनन गर्दे भावी प्रधानमन्त्री घोषणा गरेर जानुपर्ने बताए ।

उनले गगन थापा, डा. शशांक कोइराला वा डा. शेखर कोइरालालाई अघि सारेर निर्वाचनमा जानुपर्ने बताइन् । पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले किसुनजीलाई प्रधानमन्त्रीका लागि अघि सारेको स्मरण गर्दै सभापति देउवाले यस्तै कदम चाल्नुपर्ने बताए ।

 
विश्व सञ्जालका सभापति तथा नेपाली कांग्रेसका महाधिवेश प्रतिनिधि विष्णु सुवेदीले आमूल परिवर्तनमा जोड दिए । उनले भने गठबन्धनले मुलुकलाई बरबादी र पार्टी क्षतिसिवाय अरु केही नदिने हुनाले परिवतनलाई मन गर्दै देशको वागडोर अब युवापुस्तालाई सुम्पिनुपर्ने बताए ।

कार्यक्रममा समाजसेवी नविन शेरचन, एनआरएन न्यूर्योक च्यापटरका सभापति आगछिरिङ शेर्पा, एनआरएन अमेरिकाका सल्लाहाकार वीरेन्द्रजङ्ग केसी, एनआरएन न्यूर्योक च्याप्टरका सचिव वासु लामिछाने, नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समति विश्व सञ्जाल अमेरिकाज क्षेत्रीय समितिका सभापति टंकबहादुर रुवाली लगायतका वक्ताहरु गठबन्धनबाट धोका भएको भन्दै अब मुलुकको भावी नेतृत्व युवालाई सुम्पिनुपर्ने आवश्यकता आइपरेको बताए ।