मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई हेर्नुपर्छ : महानगर प्रमुख साह

पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई हेर्नुपर्छ : महानगर प्रमुख साह


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साहले पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई पनि ध्यान दिनुपर्ने बताएका छन् । 

शुक्रबार कामपाको सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गर्ने क्रममा प्रमुख साहले सो कुरा बताएका हुन् । अनुगमनमा उपप्रमुख सुनिता डङ्गोल रप्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको पनि सहभागिता थियो ।  
 
“पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरणमैत्री भए नभएको कुरालाई हामीले मुख्यरूपमा हेरेका छौँ”, अनुगमनपछि प्रमुख साहले भने, “पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई पनि हामीले हेरेका छौँ ।”
 
अनुगमनका क्रममा पलेस्वा पुखु र धर्मचक्र पार्कका विषयमा वडा १५ का अध्यक्ष ईश्वरमान डङ्गोलले जानकारी गराएका थिए । अध्यक्ष डङ्गोलले भगवान् बहाल पुनःनिर्माणमा अहिलेको अवस्था र बाँकी कामका विषयमा जानकारी दिँदै करिब रु चार करोड लागतमा बहाल पुनःनिर्माणअन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको बताए । 
 
सो रकममध्ये रु एक करोड ५० लाख कामपाको सहयोग छ । बाँकी रकम गुठी आन्तरिक स्रोतबाट निर्माण कार्य भइरहेको हो । दोस्रो चरणका लागि रु साढे तीन करोड लागतको अनुमान छ । 
 
अनुगमनका क्रममा वडा २७ महाबु (महाबौद्ध) मा रहेको पुनःनिर्मित तमोवहाः क्पाः पा छेँ को निर्माण शैली र अहिलेको अवस्था हेरिएको थियो । क्वाः पा छेँको तेस्रो तलामा पुगेपछि प्रमुख साहले पुनःनिर्माणको योजना बनाउँदा अपनाइएको प्राविधिक पक्षमा विषयमा जिज्ञासा राखेका थिए । 
 
अनुगमनका क्रममा कार्यपालिका सदस्य मीना सिंह, मैयालक्ष्मी महर्जनसहित निर्देशक वसन्त आचार्य, नरेन्द्र विलास बज्राचार्य र राम थापासहित अधिकारी सहभागी थिए । रासस