मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

क्यालिफोर्निया निवासी नेपाली मूलकी मनसुन पाण्डेको असामयिक निधन

क्यालिफोर्निया निवासी नेपाली मूलकी मनसुन पाण्डेको असामयिक निधन


मेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को बस्दै आएकी नेपाली मूलकी २९ वर्षीया मनसुन पाण्डेको निधन भएको छ । 
 
उनी सान फ्रान्सिस्कोमा लामो समयदेखि बस्दै आएका पत्रकार, सामाजिक अभियन्ता, पूर्वपर्यटन दूत, कलाकार अनिल पाण्डे तथा रिना पाण्डेकी एकमात्र सुपुत्री हुन् । उनको निधन गत बिहीबार जुन २३, २०२२ का दिन क्यालिफोर्निया राज्यको स्थानीय समयअनुसार साँझ ६ बजेतिर भएको हो ।
 
स्व मनसुनले सूचना प्रविधि  विषय अध्ययन गरेकी थिइन् भने उनले विश्वकै चर्चित एप्पलमा समेत काम गरेकी थिइन् । तर, केही समय अगाडि उनले काम पनि छोडेकी थिइन् ।
 
उनी केही समय अगाडि युरोप यात्रामा समेत गएर अमेरिका फर्केकी थिइन् । पिता स्वयं कलाकार र क्यालिफोर्नियाको बे एरिया अत्यन्तै क्रियाशील भएको कारण सुपुत्री पनि बाबुलाई साथ दिँदै विभिन्न कार्यक्रममा सहभागी हुँदै आएकी थिइन् । 
 
पिता अनिल पाण्डेले नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न सन् २०११ मा आयोजना गरेको नेपाल दिवसमा समेत मनसुनले सक्रिय रुपमा भाग लिएकी थिइन् । उनका थुप्रै भिडियो पिताले सुरक्षित राखेका छन् ।
 
यस दुखद घडीमा हिमालय खबर हार्दिक समवेदना प्रकट गर्दछ । नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष विकाशराज न्यौपानेले पत्रकार तथा कलाकार अनिल पाण्डे तथा रिना पाण्डेका सुपुत्री मनसुनको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसम्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।