नेपाल

राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनको १२ लाख ८७ हजार सहयोग

प्रकाशित |
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई रु १२ लाख ८७ हजार ५८० आर्थिक सहयोग गरेको छ । संघका कार्यकारी अध्यक्ष कुल आचार्यले आज राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । 
 
हस्तान्तरण कार्यक्रममा आविष्कार केन्द्रका संस्थापक पुनले अविष्कारका लागि एनआरएनले गरेको सहयोगप्रति आभार व्यक्त गरे । उनले नेपालमा ९२ देखि ९४ प्रतिशत सामान आयात हुँदा धेरै रकम विदेशमा जाने गरेको बताउँदै स्वदेशमा उत्पादन गर्नसके व्यापार घाटा कम हुने बताए । 
 
राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा नभई प्रदेशस्तर र पालिकास्तरमा खोल्नुपर्ने उनको भनाइ थियो । गैरआवासीय नेपाली सङ्घले आविष्कार केन्द्र स्थापना गरी नयाँ प्रतिभावान व्यक्ति उत्पादन गर्नुपर्ने उनको भनाइ थियो ।
 
एनआरएनएका अध्यक्ष आचार्यले विदेशमा सिकेको ज्ञान, सीप र लगानी नेपालमा हस्तान्तरण गर्न राष्ट्रिय आविष्कार केन्द्रजस्ता संस्था उपयुक्त भएको बताए । एनआरएनएले  पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । रासस 

हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया