मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अफगानिस्तानमा भूकम्पबाट हजारभन्दा बढीको मृत्यु

अफगानिस्तानमा भूकम्पबाट हजारभन्दा बढीको मृत्यु


काबुल । अफगानिस्तानमा भूकम्पका कारण मृत्यु भएकाहरूको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । देशको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहर नजिकै बुधबार बिहान आएको शक्तिशाली भूकम्पमा परी उनीहरूको मृत्यु भएको हो । 
 
खोस्ट प्रान्त अन्तर्गत पर्ने स्पेरा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । त्यसैगरी बर्माला, जिरुक, नाका र गायन जिल्ला पनि धेरै प्रभावित भएका छन् । 
 
भूकम्पमा परी अहिलेसम्म एक हजार ५०० भन्दा बढी घाइते भएको विवरण प्राप्त भएको प्रहरी अधिकारीहरूले जनाएका छन् । 
 
भूकम्पका कारण धेरै ठाउँका हजारौँ भवन तथा भौतिक संरचना क्षतिग्रस्त भएका छन् । स्थानीय समय अनुसार बिहान १ः३० बजेतिर भूकम्प आएको हो । 
 
घटनास्थलबाट गम्भीर घाइते भएकाहरूलाई वा जटिल अवस्थामा पुरिएका वा थुनिएकाहरूलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । घटनास्थलमा खोजी तथा उद्धारका लागि दर्जनौ उद्धारकर्ता पनि परिचालित छन् । 
 
भूकम्पको केन्द्रविन्दु खोस्टबाट ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । सो संस्थाका अनुसार भूकम्प ६।१ म्याग्निच्युडको रहेको थियो । 
 
तालिवान सरकारका प्रवक्ता जाबिउल्लाह मुजाहिदले भूकम्पबाट पिडितहरूलाई राहत तथा क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिए ।  
 
घटनास्थलबाट विवरणहरू संकलन गर्ने कार्य भइरहेकाले क्षतिको पूर्ण र यथार्थ विवरण आउन बाँकी नै रहेको पनि उनले बताए । एजेन्सी