मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सांसदहरूको सहमति

बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सांसदहरूको सहमति


वासिङ्टन । अमेरिकी सासंदहरूले बन्दुक नियन्त्रणसम्बन्धी ऐतिहासिक द्विपक्षीय विधेयकमा सहमति जनाएका छन् । 
 
सांसदहरूको समूहले उभल्दे, बफेलो र टेक्सासमा हालै भएका नरसंहारका घटनापछि बन्दुक नियन्त्रणसम्बन्धी बहुप्रतिक्षित द्विपक्षीय विधेयकमा सहमति जनाएका हुन् । बफेलो, न्यूयोर्क र टेक्सासमा हालै भएका गोली काण्डमा ३१ जना स्कूले बालबालिका मारिएका थिए । 
 
मानसिक स्वास्थ्य एवम् विद्यालय सुरक्षा विधेयकले कानुनको पालना गर्ने बन्दुक मालिकहरूमाथि कुनै अङ्कुस नलगाएको तर अविवेकीरूपमा बन्दुक चलाउन सक्ने ठानिएका व्यक्तिहरूबाट बन्दुक फिर्ता लिने व्यवस्था गरेको छ । नयाँ विधेयकले मानसिक स्वास्थ्य कोषमा अर्बौँ डलर उपलब्ध गराउने लक्ष्य लिएको छ । 
 
विधेयकमा सहमति भएसँगै लामो समयदेखि बन्दुक हिंसाबाट पीडित अमेरिका अब त्यसबाट केही हदसम्म भए पनि मुक्त हुने विश्वास गरिएको छ । बन्दुक हिंसाका राजधानीका रूपमा दुर्नाम कमाएका वासिङ्टन डिसी, शिकागो, लस एन्जलस, डेट्रोइट र न्यू अर्लिन्समा अब नरसंहार नहुने आशा पनि गरिएको छ । एएनआई