मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

कोरोना प्रकोपका कारण स्थगित फिवनाको वार्षिक कार्यक्रम सम्पन्न

कोरोना प्रकोपका कारण स्थगित फिवनाको वार्षिक कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेरिका । नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) ले आफ्नो संस्थागत दिगो विकासका लागि गर्दै आएको एक कार्यक्रम दुर्इ वर्षपछि यो वर्ष सम्पन्न भएको छ । उक्त कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो । यो वर्ष भने जुन १८ मा विन्स ब्रज पार्क न्यूयोर्कमा बनभोजको आयोजनाबाट सम्पन्न भयो ।
 
सन् २०११ मा अमेरिकाको न्यूयोर्क राज्यमा विभिन्न आदिवासी जनजातिहरूको एक भेलाबाट स्थापना भएको उक्त संस्था गैर नाफामूलक संस्थाअन्तर्गत ५०१ सि (३) मा दर्ता भएको एक गैरनाफामूलक संस्था हो । स्थापनाकालदेखि यस संस्थाले आफ्ना भाषा, संस्कार, नेपाली पहिचान, नेपालमा रहेका आदिवासी जनजातिहरूको पहिचान विश्वसामु स्थापना गर्नका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको छ । 
 
विशेषगरी नेपालबाट आएका नयाँ आप्रावासी महिलाहरूलाई विभिन्न क्षेत्रमा सहयोग गर्ने र महिला अधिकारका सवालमा अन्तर्राष्ट्रिय स्तरका महिलाहरूसँग सहकार्य र हातोमालो गरेर विश्वभरि भएका लैंगिक विभेदको अन्त्य गर्दै समानतामूलक समाजको निर्माणमा महत्त्वपूर्ण टेवा दिने यस संस्थाको मूल उद्देश्य रहेको छ ।
 
आप्रावासी नेपाली भाषी महिलाहरूको सशक्तिकरणका लागि फिवनाले विभिन्न अन्य संघसंस्थासँग पनि सहकार्य गर्दै आएको छ । यस वनभोज कार्यक्रममा सहभागीहरूबाट आएको योगदान यिनै कार्यक्रममा प्रयोग गरिने छ । कार्यक्रममा संस्थाका सम्पूर्ण सदस्यहरूबाट विभिन्न परिकारका खानेकुराहरू उपलब्ध भए भने सोही अवसरमा विविध मनोरञ्जनात्मक क्रियाकलापहरूको पनि आयोजना भयो ।
 
उक्त कार्यक्रममा फिवनासँग सहकार्य गर्दै आएका संस्था ब्लु बटर फाउन्डेसनका पदाधिकारी लगायत अन्य सद्स्यहरू तथा न्यूयोर्कमा रहेका विभिन्न नेपालीहरूको संघसंस्थाका प्रतिनिधिहरूलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो । यस कार्यक्रम आपसी सद्भावको विकास गर्नका लागि, विभिन्न संघसंस्थासंग समन्वय गर्नका लागि साथै नेपालबाट भर्खरै आएका कोही व्यक्तिहरू तथा एक्लो छु भन्ने सोच भएका जोकोहीलाई पनि हामी सबै साथमा छौ भन्ने सामीप्यताको विकास गर्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको संयोजकत्व संस्थाकी संथापक तथा कावा अध्यक्ष इन्दिरा चोङबाङले गरेकी हुन् ।