‘सवल प्रवासी, समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ आयोजित मञ्चको तेश्रो अधिवेशनको बन्द सत्रले संस्थागत आर्थिक, साँगठानिक, प्रगति र सुझावसहितका प्रतिवेदनहरु उपर आवश्यक छलफल गरी पारित गरेको छ। यसैबिच, अधिवेशनले मञ्चको विधान अनुसार आगामी तीन वर्षीय कार्यकालका लागि कृष्ण लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ। अधिवेशनले ५ सदस्य पछि चयन गर्ने गरी, ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्ष पदमा गोपाल बँडेल, माया ढुंगाना, गोकर्ण दाहाल र भीम ओलीलाई चयन गरेको छ । भने, सचिव पदमा छवि पाण्डे, उपसचिव पदमा नेत्र पाण्डे, कृष्ण आचार्य, थोमस बाँस्तोला र गोबिन्द खनाल चुनिनु भएको छ।यसैगरी, अधिवेशनले सदस्यहरु पदमा डिबी रावत, अजय कुसवाह, प्रकाश बस्नेत, प्रचण्ड श्रेष्ठ, सुनिल के ताम्राकार, रामकृष्ण बजगाईं, उपेन्द्र रावत, केदार पहारी, भिष्म आचार्य, दुर्गा बिक, ढुंगाना, दिपक सापकोटा, बिजय बञ्जाडे, घनश्याम खनाल, मोहनी डुम्रे, शंकर लुंगेली, मणि भण्डारी र भुवन अधिकारी चयन हुनुभएको छ ।



सुपेन्द्र बस्नेत -
- प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशन सम्पन्न
- बोस्टनमा ‘प्रनेम’ अमेरिकाको राष्ट्रिय अधिवेशनको तयारी पूरा, नयाँ कार्यसमिति चयन हुने
- अमेरिकामा ‘नेपाल उत्सव -२०७९’ हुने
- नेपाली श्रमिक महिलालाई एनआरएनएको सम्मान
- प्रेम दिवस, गुलाफ र माया
- नेपाली काँग्रेस अरूको अकर्मण्यताका कारण होइन, आफ्नै सुकर्मले अगुवा बन्न सक्नुपर्छ
- कूलको महत्व र कूलप्रतिको दायित्व
- घुम्ती शिविरबाट दुई सय सेवाग्राहीहरु लाभान्वित
- नेपाली राजदूतावासको म्यासाच्यूसेट्समा घुम्ती शिविर गर्ने तयारी
- अमेरिकामा एकताको संदेश दिदै तीज मनाउने तयारी
प्रतिक्रिया