मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली क्रिकेट टोलीलाई ह्युस्टनका नेपालीहरुद्वारा पाँच हजार डलर सहयोग

नेपाली क्रिकेट टोलीलाई ह्युस्टनका नेपालीहरुद्वारा पाँच हजार डलर सहयोग


ह्युस्टन, टेक्सस । टेक्ससको ह्युस्टनमा रहेका नेपाली संस्थाहरुको संयुक्त प्रयासमा नेपाली क्रिकेट टोलीलाई पाँच हजार डलर सहयोग प्रदान गरिएको छ। 
 
गत मंगलवार एक संक्षिप्त कार्यक्रमबीच नेप्लिज एसोसिएसन अफ ह्युस्टन (एनएएच), क्रियटिभ नेप्लिज सोसाइटी (सिएनएस), नेप्लिज हेरिटेज युनियन ( एनएचयू), गुल्मी समाज, अन्तर्राष्ट्रिय साहित्य समाज र गैरआवासीय नेपाली संघ (एनआरएनए) टेक्सस च्याप्टरको तर्फबाट सो सहयोग रकम प्रदान गरिएको हो । 
 
गत शनिबार नेपाली क्रिकेट टोलीको सम्मानमा आयोजित ‘मिट एन्ड ग्रिट’ कार्यक्रमबाट वचत भएको रकम नेपाली टोलीलाई प्रदान गरिएको एनएएचका अध्यक्ष डा. विष्णु नेपालले जानकारी गराएका छन् ।
 
एनएएचका अध्यक्ष डा. नेपालसहित एनआरएनए टेक्सस च्याप्टरका उपाध्यक्ष गंगा शर्मा, एनएचएयूका अध्यक्ष कर्ण बोगटी र गुल्मी समाजका अध्यक्ष लक्ष्मण भण्डारीले नेपालका कप्तान सन्दीप लामिछाने र प्रशिक्षक पुबुदु दासानायकेलाई पाँचहजार डलरको चेक हस्तान्तरण गरेका थिए ।
 
प्रशिक्षक दासानायके र कप्तान लामिछानेले नेपाली समाजले नेपाली क्रिकेट टोलीलाई प्रदान गरेको आतिथ्यता, ग्राउण्डमा उपस्थित भएर बढाएको हौसला र खेलअघि र पछि प्राप्त भएको सद्भाव र क्रिकेट टोलीलाई प्रदान गरिएको नगद सहयोगका लागि समस्त ह्युस्टनका नेपाली समुदायलाई धन्यवाद दिएका थिए। 
 
यसैगरी नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले नेपाली समुदायबाट सम्मानस्वरूप प्राप्त रकम सेप्टेम्बरमा आयोजना गर्न लागिएको दुई दिवसीय प्रतियोगिताका लागि खर्च गरिने जनाए ।
 
विश्वकप लिग-२ को खेलहरु खेल्न ह्युस्टन आएको नेपालले मंगलबार शीर्ष स्थानको ओमानलाई सजिलै ७ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा ओमानसँगै नेपाल १३ रनले पराजित भएको थियो । नेपाल र अमेरिकाबीच पहिलो खेल ‘टाई’ भएको थियो भने चौथो एवं अन्तिम खेल नेपालले अमेरिकासँग ३९ रनले हारेको थियो ।