मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रूसी नागरिक युक्रेन भ्रमण गर्दा भिसा लिनुपर्ने

रूसी नागरिक युक्रेन भ्रमण गर्दा भिसा लिनुपर्ने


कि । युक्रेनले रूसी नागरिक युक्रेन प्रवेशका लागि प्रवेशाज्ञा (भिसा) लिनुपर्ने बनाएको राष्ट्रपति जेलेन्स्कीले शुक्रबार जानकारी गराएका छन् । 
 
सन् १९९१ मा युक्रेन तत्कालिन सोभियत संघबाट स्वतन्त्र हुँदा व्यवस्था गरिएको बिनाभिसा एक देशबाट अर्को देश आउन जान पाउने गरी राखिएको प्रावधानलाई अन्त्य गर्दै प्रवेश अनुमतिपत्र लिनुपर्ने बनाएको हो । मस्कोले युक्रेनमा आक्रमण सुरू गरेको चार महिना पुगेको छ । 
 
“युक्रेनले रूसी संघका नागरिकहरूका लागि भिसा व्यवस्था सुरु गरिरहेको छ,“ जेलेन्स्कीले आफ्नो टेलिग्राम अकाउन्टमार्फत् जानकारी गराए । उनले भने, “सरकारले सम्भवत ‘आज’ को निर्णयमा जुलाई १, २०२२ देखि यो व्यवस्था लागू गर्ने प्रावधानलाई औपचारिक रूपमा सार्वजनिक गर्नेछ ।
 
जेलेन्स्कीका ‘चिफ अफ स्टाफ’ एन्ड्रिय यर्माकले अनौपचारिकरूपमा फेब्रुअरी २४ देखि नै सुरु भएको यो प्रावधान आफ्नो देशको रक्षात्मक प्रयासलाई बलियो बनाउन राखिएको बताए । 
 
उनले भने, “रूसले सुरु गरेको युद्धको कारण हामीले आफ्नो इलाकामा रूसी नागरिकको प्रवेशमाथिको नियन्त्रणलाई अझ प्रभावकारीे बनाउनु आवश्यक छ । सुरक्षा नै प्राथमिकता हो ।”
 
यी दुई छिमेकीहरूबीच करिब दुई हजार ३०० किलोमिटर लामो दुई देशीय सिमाना छ र उनीहरूबीच विस्तृतरूपमा पारिवारिक, सामाजिक तथा सांस्कृतिकरूपमा सम्बन्धहरू रहँदै आएका छन् । 
 
पूर्वी युक्रेनमा रूस निकट रहेका पृथकवादी र युक्रेन सरकारबीच सशस्त्र युद्ध भएको र मस्कोले सन् २०१४ मा क्राइमियन प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएपछि युक्रेनमा जाने रूसीहरूको सङ्ख्यामा तीव्र कमी आएको थियो ।
 
सन् २०१३ मा एक करोड असी लाख रूसीहरूले युक्रेन भ्रमण गरेका थिए तर त्यसको एक वर्षपछि त्यो सङ्ख्या घटेर २५ लाखमा झरेको युक्रेनका सीमा रक्षकहरूका प्रवक्ता एन्द्रे डेमचेन्कोले एएफपीलाई बताए । 
 
सन् २०२० र २०२१ सालमा कोभिड महामारीको थालनी हुँदा रुसी यात्रीहरूको संख्या वर्षमा पाँच लाखभन्दा बढी थिएनन् । एजेन्सी