मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकी सहायक विदेश मन्न्री ड्यालसका नेपालीसँग

अमेरिकी सहायक विदेश मन्न्री ड्यालसका नेपालीसँग

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) –
अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले अमेरिका र नेपालबीचको लामो कुटनैतिक सम्बन्ध भएको र यसलाई जनस्तरले झनै प्रगाढ तुल्याएको उल्लेख गरेका छन् । 

अमेरिकामा रहेका नेपालीहरुले आफ्नो क्षेत्रमा उल्लेख्य सफलता हाँसिल गरेर अमेरिका र नेपाललाई समेत सहयोग पुर्याएको उनले स्मरण गरेका छन् । 

सहायक मन्त्री लुले विहीबार अमेरिकाको ड्यालसमा नेपाली समुदायबीच अन्तरकृया गर्दै नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको ७५ वर्ष पुरा भएको तथा जनस्तरदेखि लिएर सरकारी स्तरमा समेत सदा सुसबन्ध रही आएको चर्चा गरे । 

अमेरिकामा नेपालीहरुले पुर्याएको योगदानको बारेमा समेत उनले चर्चा गरेका थिए । अमेरिकाको स्टेट डिपार्टमेन्टमा नेपाल डेस्कमात्र हेर्नेगरि एकजना उच्च अधिकारीको व्यबस्था गरिएको उल्लेख गर्दै उनले एमसिसीले नेपालमा अपार संभावना रहेको ग्रीन इनर्जीको बजार व्यबस्था गरेर भारतसम्म पुर्याउन सहयोग पुग्ने बताए । 

नेपाली समाज टेक्ससको समन्वयमा भएको अन्तरकृयामा सहभागी हुन स्टेट डिपार्टमेन्टबाट अन्य दुइ उच्च अधिकारीहरु सहित ड्यालस आएका सहायक मन्त्री लुले गत नोभेम्बरमा नेपाल भ्रमणमा गएर प्रधानमन्त्री लगायत उच्च नेताहरुसँग भेटघाट गरेको स्मरण गरे । त्यतिखेर भेटेका प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली र प्रचण्डले भनेका कुराको प्रसंग उल्लेख गरेका थिए । 

उनले स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) सेनाको आपसी क्षमता अभिवृद्धि र सहयोग आदान प्रदान कार्यक्रम मात्र भएको स्पष्ट पारेका छन् । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहयोग र एसपीपीबीच कुनै पनि तालमेल नरहेको समेत उनले गरे ।

अमेरिकामा बसोबास गर्दै आएका नेपाली समुदायसँग अमेरिकी उच्च अधिकारीले चासो देखाएर भेटघाट र अन्तरकृया गरेको यो पहिलो घटना हो । अमेरिकाको दक्षिणी राज्य टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्स झण्डै ५० हजार नेपालीहरु बसोबास गर्छन् । व्यबसाय, राजनीति, प्रोफेसनल करिअरमा समेत ड्यालसमा बसोबास गर्दै आएका नेपाली अमेरिकनहरुले फड्को मारेका छन् । लुले यही पृष्ठभूमिमा नेपालीहरुसँग अन्तरकृयाको आयोजना गरेका हुन् ।

सहायक विदेशमन्त्री लुले नेपाली समुदायले राखेका सरोकारका विषयमा जवाफ दिदै आफू पनि आप्रवासीको छोरा भएकोले स्मरण गर्दै सहयोगका लागि तत्पर रहेको वचन दिए । 
नेपाली समुदायका अगुवाको तर्फबाट धारणा राखेका सिपिए भीम कार्कीद्वारा राखिएको दोहोरो करका विषयमा जवाफ दिदै लुले विश्वका ६९ देशसँग मात्र अमेरिकाको दोहोरो कर खारेजी सम्झौता भएको जानकारी दिए । ‘दोहोरो कर हटाउन म पहल त गर्छु’, तर मलाई लाग्छ हाम्रो ट्रेजरी डिपार्टमेन्ट र नेपालको अर्थ मन्त्रालय कर उठाउन मन पराउँछन् ।’ 

कार्यक्रममा अमेरिकामा रहेका नेपाली समुदायले अवस्था र समस्याका बारेमा एनआरएनए अमेरिकाका पुर्ब वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाडे, नेपाली समाज टेक्ससका पुर्ब अध्यक्ष डा. प्रेम अधिकारी, हिमालयन डेमोक्रेटिक क्लबका अध्यक्ष प्रभात दीक्षित, युलेस सिटी काउन्सिलका सदस्य टीका पौडेल, एनआरएन टेक्सस च्याप्टर सचिव डा. चण्डी भण्डारी लगायतले विभिन्न विषयमा सहायक मन्त्री ल’को ध्यानाकर्षण गरेका थिए । 

नेपाली समाज टेक्ससका पुर्ब अध्यक्ष दिनेश शर्माले सञ्चालन गरेको कार्यक्रममा एनएसटीका अध्यक्ष राजेन्द्र वाग्लेले स्वागत गरेका थिए । सहायक मन्त्री लुलाई पञ्चकन्याको टोलीद्वारा स्वागत गरिएको थियो । त्यस अवसरमा नेपाली समाज टेक्ससका महासचिव सन्देश उप्रेती, एनआरएनका उत्तम कार्की लगायतले पनि अमेरिकाका नेपाली समुदायका अवस्थामा बारेमा लुलाई जानकारी गराएका थिए ।