मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

टेक्सस ड्यालसमा नेपाली समुदायसंग छलफल गर्दै स्टेट डिपार्टमेण्ट

टेक्सस ड्यालसमा नेपाली समुदायसंग छलफल गर्दै स्टेट डिपार्टमेण्ट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- युएस डिपार्टमेण्ट अफ स्टेट ब्यूरो अफ साउथ एण्ड सेन्ट्रल एसियन अफेयर्सले विहिवार टेक्ससमा नेपाली अमेरिकन समुदायसंग राउण्ड टेवल छलफल आयोजना गरेको छ । 
 
नेपाल-अमेरिका दौत्य सम्बन्धको ७५औं वर्सिकोत्सवको सेरोफेरोमा हुन  लागेको  उक्त छलफलमा स्टेट डिपार्टमेण्टका एसिस्टेण्ट सेक्रेटरी डोनाल्ड लु लगायतका अधिकारी सहभागी हुने कार्यक्रम छ ।  
 
नेपाली समुदायका धारणा, दुई देश विचको सम्वन्ध लगायतका विषयमा खुला छलफल गर्न उक्त कार्यक्रम आयोजना गरिएको सहजकर्ता उत्तम कार्कीले जानकारी दिए ।
 
हामीले यस्तो कार्यक्रम केही समय अघि देखिनै गर्न चाहेका थियौं अहिले अवसर जुर्यो, कार्यक्रममा सहभागी हुन लागेका वेद वस्नेतले भने, समुदायका लागि पहिलो र निकै राम्रो अवसर जुरेको छ । 
 
बैठकमा सहभागी हुन टेक्सस ड्यालसमा वस्दै आएका करिव ३६ जनालाई निमन्त्रणा गरिएको छ । केही आमन्त्रितहरु शहर वाहिर भएकाले आयोजकले यस मध्ये ३० जना जति सहभागी हुने जनाएका छन् । पहिलेनै नाम उल्लेख भएका मात्र छलफलमा सहभागी हुन सक्छन् । समुदायमा सकृय सवैलाई सकेसम्म समेटिएको बस्नेतले जानकारी दिए । 
 
बैठकमा ६ जना समुदायका प्रतिनिधि डा प्रेम अधिकारी, भिम कार्की, डा अजुर्न बञ्जाडे, प्रभात दीक्षित, राजेन्द्र वाग्ले र चण्डी भण्डारीले ६ वटा नेपाली समुदायका चासोका विषयमा बोल्ने कार्यक्रम छ । 
 
केही समय खुला छलफलका लागि छुट्याईएको छ । स्टेट डिपार्टमेण्टका अधिकारीले खुला बातावरणमै छलफल होस भन्ने चाहनु भएको छ त्यही अनुसार कार्यक्रम वनाईएको कार्कीले जानकारी दिए । 
 
उक्त अवसरमा नेपाल अमेरिका सम्वन्ध, नेपाली समुदायको व्यवसाय,  समुदायले गर्दै आएको गतिविधि  लगायतका विषयमा ६ जना वक्ताले वोल्ने छन् ।  उक्त अवसरमा के के कुरा राख्नेभन्ने वारेमा पनि छलफल भएको थियो । उक्त छलफलको संयोजन नेपाली समाज टेक्सस (एनएसटी)ले गरेको छ । 
 
नेपाल र अमेरिकाको कुटनीतिक सम्वन्ध कस्तो हुनुपर्छ भन्ने विषयमा नेपालले भने यहां वस्ने नेपाली समुदायको धारणा अहिलेसम्म औपचारिक रुपमा लिएको छैन । हाल यहां वसोवास गर्ने नेपाली समुदायको चाहनाका आधारमा कुटनीतिक सम्वन्ध हुनुपर्छ भन्ने नेपालीहरुले चाहेका छन् । तर, यस अनुसार भने हुन सकेको छैन । 
 
नेपाल र अमेरिका विचको सम्वन्ध मजबुत भईरहेको वेला यस्तो छलफल आयोजना गर्न लागिएको हो । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविश्यमा औपचारिक रुपमा अमेरिका भ्रमण गर्ने कार्यक्रम छ । यसवाहेक अमेरिका र नेपालका वरिष्ठ सरकारी र सेनाका अधिकारीहरु विच भ्रमण आदानप्रदान भईरहेको छ । 
 
टेक्ससको  ड्यालस-फोर्टवर्थ क्षेत्र नेपाली समुदायको ठुलो वस्ती भएको क्षेत्र हो ।  यहां व्यवसाय र समुदायिक कार्यक्रममा सकृय नेपालीको संख्या पनि उल्लेख्य छ । टिका पौडेलले केही महिना अघि युलेस सिटी काउन्सिलमा चुनाव जितेका थिए । यसपछि पनि केही पदमा नेपालीले प्रतिस्पर्धा गरेका थिए । 
 
अमेरिका नेपाली समुदायको सवैभन्दा ठुलो बसोबास भएको क्षेत्र हो । अमेरिकावाट बार्षिक अरबौ रेमिट्यान्स नेपाल जाने गरेको छ । यहां करिव ४ लाख नेपाली समुदायको बसोवास भएको अनुमान छ ।

नेपाल जाने पर्यटक संख्यामा पनि अमेरिकी पर्यटकको संख्या उच्च छ । अमेरिकाले बर्षेनी विभिन्न क्षेत्रमा नेपाललाई आर्थिक सहयोगकाअतिरिक्त शिक्षा , स्वास्थ्य ,कृषि लगायतका क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आएको छ ।