मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा बैंक ब्याज बढ्यो घर, कार किन्दा वा क्रेडिट कार्ड चलाउंदा महंगो पर्ने

अमेरिकामा बैंक ब्याज बढ्यो घर, कार किन्दा वा क्रेडिट कार्ड चलाउंदा महंगो पर्ने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भले वुधवार ब्याजदर एकै पटक उच्च शुन्य दशमलव ७५ प्रतिशतले वढाएको छ । अमेरिका उपभोक्ताले झेल्नु परेको उच्च मुल्य बृद्धिलाई रोक्न फेडले सन् १९९४ यता पहिलो पटक यति धेरै प्रतिशतले व्याजदर वृद्धि गरेको हो । 
 
ब्याज बृद्धिले अमेरिकामा वस्ने नेपाली समुदायलाई कस्तो असर गर्छ ? अमेरिकामा लगानी गर्दै आएका ओजेस उप्रेती भन्छन् पहिलो असर घर किन्नेलाई पर्छ, घरका लागि ऋण लिदां महंगो पर्छ,  ऋणको किस्ता मोर्गेज वढी तिर्नु पर्ने हुन्छ ।

 
असर यति मात्र होइन क्रेडिट कार्ड चलाउंदा व्याज महंगो हुन्छ, कार वा सवै प्रकारको ऋणको मार्गेज बढ्छ ओजेसले भने यदी बजारमा उपभोग्य वस्तुको मूल्य पनि घटेन भने अर्थतन्त्रमा संकट थपिन्छ । 
 
घर कार वा क्रेडिट कार्ड लिनेलाई मात्र होइन ऋण लिएर सानो तिनो व्यवसाय गर्नेलाई पनि ब्याजभार थपिन्छ, ओजेस भन्छन् । 
 
नेपाली समुदायले अमेरिकामा स्टोर, रेष्टुरेण्ट लगायत थुप्रै साना व्यवसायमा लगानी छ । ब्याजदर महंगो हुदां ग्यांस स्टेशन लगायत साना व्यवसायवाट फाइदा लिन अव पहिले भन्दा केही कठिन हुन सक्छ, ओजेसले भने ।

अमेरिकी उपभोक्ता उच्च मूल्य बृद्धिको मारमा परेका छन् । मूल्य बृद्धिदर ८ दशमलव ६ प्रतिशत छ । विशेष गरी ग्यांस लगायत उपभोग्य वस्तुको मूल्य उच्च दरले वढेको छ । ग्यांसको मूल्य अहिले औषतमा प्रति ग्यालेन ५ अमेरिकी डलर भन्दा वढी छ । 

 
व्याजदर वढे लगत्तै क्रेडिट कार्डमा लाग्ने ऋणको व्याज पनि बढ्छ । यस अवस्थामा सकेसम्म क्रेडिट कार्डमा ऋण कम राख्नुनै बेश हुन्छ । 

फेडले आवश्यकता परे व्याजदर अरु वढाउने संकेत पनि दिएको छ । फेडको ब्याजदर बृद्धिले शेयर बजारमा भने केही उछाल आएको छ । मुख्य शेयर सुचकांक डो जोन्समा केही उछाल आएको छ । यो बर्षको शुरुआत देखिनै अमेरिकाको शेयर बजारमा गिरावट आएको थियो । 
 
अहिलेको उच्च व्याजदर बृद्धिलाई फेडको आक्रमक चालको रुपमा विश्लेषण गरिएको छ । 
 
अमेरिका विश्वकै सवैभन्दा ठुलो अर्थतन्त्र भएकाले फेडको यो निर्णयले विश्वभर अर्थतन्त्रमा प्रभाव पार्ने छ । 
 
 
नेपालमा प्रभाव, डलर महंगो 
 
 

फेडको व्याजदर बृद्धिले गर्दा अमेरिकी डलर विश्वका अन्य मुद्राका तुलनामा थप मजबुत भएको छ । यसको अर्थ अव एक अमेरिकी डलर किन्न पहिले भन्दा वढी नेपाली रुपैंया तिर्नु पर्ने छ । 
 
अहिले प्रति डलर करिव १ सय २५ रुपैंया छ । डलर थप मजबुत हुनु भनेको यो दर भाउ बढ्नु हो । प्रति डलर अव १३० रुपैंयासम्म पुग्छ होला ओजेश भन्छन् । 
 
डलर मजबुत हुदां प्रत्यक्ष असर भारतको अर्थतन्त्रमा पर्छ । भारतिय रुपैंया र नेपाली रुपैंया विच स्थिर १ सय भारु बरावर १६०  नेरुको विनिमय दर भएकाले डलर मजबुत हुदांको असर नेपालमा पनि छिटो पर्छ ।
 
डलर मजबुत हुदां नेपालमा पनि विदेशवाट आउने समान महंगो पर्छन । नेपालमा उपभोग हुने समानमा आयातको अंश उच्च रहेकाले मूल्य बृद्धिको भार उपभोक्तालाई थपिने छ । लत्ताकपडा, जुक्ता देखि मोवाइल फोनसम्मको मूल्य बढ्ने छ । 
 
नेपालले तिर्नु पर्ने वैदेशिक ऋणको सांवा ब्याजका लागि पनि थप रुपैंया जर्गेना गर्नु पर्ने हुन्छ । 
 
यसको एउटा फाइदा भने हुन्छ । नेपाल राष्ट्र बैंकको नाफा भने वढ्छ । अमेरिकाको फेड जस्तै नेपालको केन्द्रिय बैंक हो । राष्ट्र बैंक नाफा कमाउने संस्था नभए पनि नेपालमा जम्मा भएको डलर अमेरिकामा राखेको हुन्छ । यसमा ब्याज आउंछ । यही नाफा हो । फेडले ब्याज बृद्धि गर्दा राष्ट्र बैंकले राखेको डलरवाट पाउने व्याज पनि वढ्छ ।