मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अब व्यक्तिलाई सवल बनाउन पत्रकारिता : अध्यक्ष पोख्रेल

अब व्यक्तिलाई सवल बनाउन पत्रकारिता : अध्यक्ष पोख्रेल

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले हरेक व्यक्तिलाई सवल बनाउने पत्रकारिता अबको आबश्यकता भएको बताएका छन् । 
 
अप्टिमिस्ट इन्टरनेशनल नेपाल नामक संस्थाले आयोजना गरेको कन्स्ट्रक्टिभ जर्नलिज्म विषयक अन्तरक्रियामा बोल्दै पोख्रेलले सवल र शसक्त नागरिक निर्माण तर्फ मिडियाले काम गर्नेवेला आएको उनको भनाई छ । ‘अब प्रबिधिको व्यापकता भैसकेको छ, इन्टरनेटमाथी नागरिकको पहुँच स्थापित भैसकेको अबस्थामा आवाजहिनको आवाज दिनका लागि मात्र मिडियाको आबश्यकता नपर्न सक्छ’, पोख्रेलले भने–‘त्यसैले संबिधानमा व्यवस्था भएको मौलिक हकको उपयोग गर्दै नागरिकहरु शसक्त भएका छन् कि छैनन् भन्ने कुराको अनुगमन र खबरदारी गर्ने दिशामा पत्रकारिता जानुपर्दछ ।’
 
प्रबिधिको विकाससंगै अब पत्रकारिताको काम ‘आवाजहिनको आवाज’ भन्ने भाष्यमा मात्र सिमित हुन नहुने उनको भनाई थियो । ‘सवल र शसक्त नागरिक निर्माणका लागि मिडियाले काम गर्छ’ भन्ने भन्ने भाष्य स्थापित गर्नतर्फ मिडिया उन्मुख हुनुपर्ने उनको धारणा थियो । 
 
पत्रकारिताको अन्तिम मुल्यांकनकर्ता मिडिया उपभोक्ता रहेको चर्चा गर्दै पोख्रेलले पत्रकारिताका बारेमा नागरिक स्तरमा समेत चर्चा र छलफल हुनुपर्नेमा जोडदिए । सकारात्मक परिवर्तनको अपेक्षाका साथ गरिने पत्रकारिताले कहिलेकाही नकारात्मक बिषय उठान गरेको भान पर्नक्ने पनि पोख्रेलले बताए । ‘तर त्यस्तो समाचारले ल्याउने सकारात्मक परिणामका बारेमा पनि सञ्चारउपभोक्ताहरुले ध्यान दिनुपर्छ’ उनले भने ।
 
त्यसैगरी प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष राजेन्द्र दाहालले नेपाली पत्रकारिता क्षेत्रले परिवर्तन खोजिरहेको बताएका छन् । पत्रकारिता क्षेत्रमा लगानीकर्ताहरुको संख्या बढ्दै जाँदा अब मिडियामा लगानीकर्ताहरुको प्रभाव पर्नसक्ने तर्फ संकेत गर्दै उनले त्यसवाट जोगिने चुनौति औल्याए । 
 
‘१९९०को दशकपछि विकास पत्रकारिताको कुरा शुरुवात भयो, त्यसपछि क्रमशः विट पत्रकारिताको विकास हुदैगयो, शान्ति पत्रकारिता, समाधानमुखी पत्रकारिता हुँदै हामी यहाँसम्म आएका छौं’ दाहालले भने,–‘अवको समयमा कन्स्ट्रक्टिभ जर्नलिज्मको नाममा पत्रकारितामा आबश्यक ठानिन थालिएको परिवर्तनलाई अगाडि बढाउन सकिन्छ ।’
 
दहालले पत्रकारिता क्षेत्रले निमुखाको आवाज बोलिरहेको छ कि स्वार्थ समूहको ? भन्ने सवाल उठ्ने गरेको तर्फ पत्रकारिता आफैले गंभिर समिक्षा गर्न आबश्यक भएको समेत वताए । ‘राज्यका काम कारबाहीका बारेमा समिक्षा गर्न सक्ने पत्रकारिता अबको आबश्यकता हो’ उनले भने,–‘यस्तो पत्रकारिताले विनिर्माणको अभियानलाई समेत सहयोग पुराउनसक्छ ।’
 
त्यसैगरी बरिष्ठ पत्रकार वविता बस्नेत र प्रकाश रिमालले कन्स्ट्रक्टिभ जर्नलिज्म मार्फत समाज र राष्ट्रलाई योगदान पुराउने दायित्व पत्रकारले बहन गर्नुपर्नेमा जोड दिए । सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्फेवाले पत्रकारिताको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताइन् । 
 
अप्टिमिस्ट इन्टरनेशनल नेपालले आफ्नो पाँचौ स्थापना दिवसका अवसरमा सो कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा प्रतिभा पौडलले कन्स्ट्रक्टिभ जर्नलिज्म अबधारणाका बारेमा चर्चा गरेकी थिइन भने संस्थाका गभरनर उदय निरौलाले यस्तो अबधारणा अगाडि सार्नुको औचित्यमाथी चर्चा गरेका थिए । त्यसैगरी संस्थाका तर्फबाट प्रकाश घिमिरे र रिना श्रेष्ठले संस्थाको चिनारी र गतिबिधिका बारेमा प्रस्तुति राखेका थिए । कार्यक्रम अप्टिमिस्ट क्लब अफ काठमाडौका अध्यक्ष पृथ्वीराज थापाको अध्यक्षतामा भएको थियो ।