मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

भारतकी पूर्वसांसद् भण्डारीको सम्मानमा कार्यक्रम

भारतकी पूर्वसांसद् भण्डारीको सम्मानमा कार्यक्रम


युलेस (टेक्सस) । भारतकी पूर्वसांसद् दिलकुमारी भण्डारीले आफू नेपाली भाषाप्रेमी भएको तथ्यलाई दोहोर्‍याएकी छिन् ।
 
सोमबार स्रष्टा साँझ अमेरिकाले भण्डारीको सम्मानमा युलेसमा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा नेपालीभाषालाई प्रेम गरेर भारतीय संविधानमा समावेश गर्न सफल भएको उल्लेख गरिन् । तत्कालीन समयमा सिक्किमबाट भारतको तल्लो सदन लोकसभामा विजयी भण्डारीले नेपाली भाषालाई मान्यता दिलाउन संसदमा निकै मेहनत गर्नुपरेको थियो । 
 
‘नेपालमा भन्दा पनि भारतको सिक्किम, दार्जिलिङमा नेपाली भाषाले राष्ट्रिय मान्यता पाएको हो । सिक्किममा राजा हुँदाको समयमै नेपाली भाषाले मान्यता पाएको थियो’ उनले ऐतिहासिक तथ्य सार्वजनिक गर्दै भनिन् । 
 
सन् १९४९ मा दाजिलिङ्गमा जन्मिएकी भण्डारीले सन् १९६८ मा नरबहादुर भण्डारीसँग बिहे गरेकी थिइन् । नरबहादुर सिक्किमका मुख्यमन्त्री भएका थिए । दाजिलिङ्, सिक्किममा तत्कालीन समयमा नेपाली भाषा, साहित्यको उल्लेख्य रुपमा विकास भएको र त्यसको प्रभावले नेपालीभाषाप्रति अगाध स्नेह, माया रहेको उनले प्रष्ट्याएकी थिइन् ।
 
स्रष्टा साँझ अमेरिकाका अध्यक्ष प्रभात दीक्षितको सभापतित्वमा भएको कार्यक्रममा सचिव बैकुण्ठराज आचार्य, अन्तर्राष्ट्रिय साहित्य समाज ड्यालस च्याप्टरकी अध्यक्ष निर्मला राई, साहित्यकारहरु राधाकृष्ण काफ्ले, भगवती पौडेल, सुरेशकुमार पोखरेल, बिकु लामा, नेपाली समाज टेक्ससका पूर्वअध्यक्ष दिनेश शर्मा, वर्तमान महासचिव सन्देश उप्रेतीलगायतले भण्डारीलाई स्वागत गरेका थिए । 
 
सोमबार नै नेपाली समाज टेक्ससले भण्डारीसँग अन्तरक्रियाका साथ नेपाली भाषा संस्कृतिका लागि गरेका गतिविधिबारे जानकारी गराएको छ । 
 
विगत केही समयदेखि भण्डारी पारिवारिक भेटघाटका क्रममा अमेरिकाको टेक्ससमा छिन् ।