मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बहुराष्ट्रिय उद्यमी विनोद चौधरी भन्छन् नेपालमा केही न केही भईरहेको छ

बहुराष्ट्रिय उद्यमी विनोद चौधरी भन्छन् नेपालमा केही न केही भईरहेको छ

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – नेपालका बहुराष्ट्रिय उद्यमी तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य विनोद चौधरीले नेपालमा केही न केही नयां भइरहेकाले नयां सोच राखेर काम गर्न सुझाव दिएका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका द्धारा संचालित ड्रिम विग च्यालेन्ज २०२२ को सन्दर्भमा बोल्दै चौधरीले भने नेपालमा केही न केही नयां भईरहेको छ । 
 
नेपाल नयां युगमा प्रवेश गर्दैछ राजनीतिमा परिवर्तन हुदैछ, आर्थिक विकास जस्ता मुद्दामा जनमत बन्दैछ, चौधरीले भने ।
 
एनआरएनए अमेरिका साइन्स टेक्नोलोजी तथा इनोभेसन कमिटीले अमेरिका र नेपालका ब्याचलर्स लेभलमा अध्ययनरत विद्यार्थी वीच आयोजना गरेको ड्रिम विगत च्यालेन्ज २०२२ प्रतियोगिता समापनमा चौधरीले यो वताएका हुन् । यसमा विद्यार्थीहरुले विभिन्न सृजनात्मक योजनाहरु प्रस्तुत गरेका थिए । पहिले क्यापिटल अर्थात पुंजीले मान्छेलाई परिवर्तन गथ्र्यो तर, अहिले आईडियाले क्यापिटललाई डोर्याउने गरेको छ चौधरीले भने अव नेपालमा केही गर्ने बेला हो तपाईका यि उत्कृष्ट आइडिया मलाई पनि शेयर गर्नु होला । 
 
चौधरीले नेपालबाट उदाएका बहुराष्ट्रिय उद्यमी हुन् । उनका विश्वका विभिन्न देशमा उद्योग व्यवसाय छ । उनी नेपाली कांग्रेसका केन्द्रिय सदस्य पनि हुन् । नेपालको राजनीतिमा चौधरीले आफ्नो दायरा वढाईरहेका छन् । उनलाई नेपालको आर्थिक विकासलाई द्रुत वनाउने हुटहुटी छ । तपाईहरुले नया. आइडिया ल्याउनु भएको छ आफ्नो आईडियामा विश्वस्त हुनुहोस, त्यसमा मेहनेत गर्नु होस र त्यसलगत्तै कार्यान्वयन गर्न मेहनेत गर्नु होस चौधरीले भने ।
 
म नेपालका धेरै ठाउंमा गएँ गाउँ पालिकामा गएँ शहरमा गएँ त्यहाँ परिवर्तन देखिरहेको छु नराम्रो को स्थानमा राम्रो नेतृत्व आउँदै छ चौधरीले भने अव नेपालको मन्त्र भनेको युवा सहभागिता भएको राजनीति हो ।