मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रेडियोकी चर्चित सरिता रहिनन्

रेडियोकी चर्चित सरिता रहिनन्

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस)– झण्डै दुई दशकसम्म रेडियो नेपालमा काम गरेर केहि वर्षदेखि टेक्ससको आर्लिंगटनमा बस्दै आएकी सरिता भट्टको निधन भएको छ ।
 
गत सोमबार दिउँसो आफ्नै घरको करेसाबारीमा काम गर्दै गर्दा निधन भएको हो । उहाँका पति तथा रेडियो नेपालका तत्कालिन कार्यक्रम संचालक/पत्रकार भट्ट लेकालीले दिनुभएको जानकारी अनुसार हृदयघातका कारण निधन भएको हो । 
 
लामो समय रेडियोमा यो जोडीले स्वर दिएका थिए । 
 
सन् १९९९ देखि टेक्ससमा सपरिवार बस्दै आएका थिए । उहाँका एक छोरा र एक छोरी छन् । छोरी दीक्षा पनि विभिन्न टेलिभिजन तथा रेडियोमा कार्यक्रम संचालिका हुन् । 
 
टेक्सस आएर पनि सामाजीक तथा सांस्कृतिक गतिविधिमा स्व. भट्ट संलग्न हुनुहुन्थ्यो । 

 
उहाँ ड्यालसको संस्था ईन्द्रेणी सांस्कृतिक संघको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । 
 
स्व. भट्टको पर्सी आईतबार निम्न समय र स्थानमा श्रद्धान्जली सहित अन्तिम बिदाई कार्यक्रम राखिएको छ ।

Time 
12 p.m. on 29th of May, 2022. 
 
Address 
Wade Funeral Home & Crematory
4140 W. Pioneer Pkwy
Arlington, TX 76013.