मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

कबड्डी–४ शुक्रबारदेखि युलेस र रिचर्डसनको थियटरमा रिलिज हुने

कबड्डी–४ शुक्रबारदेखि युलेस र रिचर्डसनको थियटरमा रिलिज हुने


टेक्सस, अमेरिका । आगामी तीन हप्तामा १०० भन्दा बढी शो सहितको कबड्डी–४ शुक्रबारदेखि युलेस र रिचर्डसनको थियटरमा रिलिज हुँदैछ ।
 
नेपाली चलचित्र कबड्डी टेक्सस राज्यको डलास फोर्ट वर्थ मेट्रोप्लेक्सका दुई थियटरको पर्दामा रिलिज हुने भएको हो । नेपाल रिलिजको दिनमा नै रिलिज हुने यो चलचित्र तीन सातासम्म प्रदर्शनमा आउनेछ । 
 
कबड्डीको तेस्रो शृंखला कोभिड सुरु हुनुभन्दा ठीकअघि २०१९ मा लगभग ५ हप्ता यो शहरको थिएटरहरूमा थियो । रामबाबु गुरुङको निर्देशनमा बनेको यो चलचित्रमा दयाह्याङ राई, सौगात मल्ल, बुद्धि तामाङ ‘हैट’, विनय बराल लगायतका कलाकारको अभिनय रहेको छ ।
 
नेपाल ११ इन्टरटेनमेन्टका निर्देशक प्रतीक सुवेदी भन्छन्, ‘हामीले असार ३ गते ठूलो अपेक्षासहितको अर्को नेपाली चलचित्र ‘चिसो  मान्छे’ रिलिज गर्ने तयारी गरेकाले हामीले कबड्डीका शो तीन साता मात्रै राख्नुपर्ने भयो । चलचित्र युलेसको सिनेपोलिस लक्जरी सिनेमाज र रिचर्डसनको फन मूवी ग्रिलमा प्रदर्शन हुनेछ ।उक्त क्षेत्रको नेपाली जनसङ्ख्यालाई ध्यानमा राखेर चलचित्रको स्थान छनोट गरिएको हो। 
 
कबड्डी अमेरिकामा उच्च माग भएको नेपाली चलचित्र हो, कबड्डी ३ डलासमा आठ हजारले हेरका थिए । डलास अमेरिकाको एकमात्र सहर हो जहाँ हिन्दी र अङ्ग्रेजी चलचित्रहरू जस्तै नेपाली चलचित्रहरू धेरै हप्ताको लागि दैनिक रूपमा प्रदर्शन हुन्छन । तर, कोभिडपछि कबड्डी डलासका नेपाली अमेरिकीहरूले दैनिक रूपमा थियटरहरूमा रमाइलो गर्ने पहिलो नेपाली चलचित्र हो। 
 
डलासमा बिहीबार बिहानसम्मको वर्तमान अवस्थालाई हेर्दा, दुवै थियटरहरूमा पहिलो सप्ताहन्त शो बिहीबार रातिअघि बिक्री हुनेछ। टिकटहरू थियटर वेबसाइटहरू र अन्य सबै टिकट एपहरू जस्तै Fandango, Atom Tickets आदिमा उपलब्ध छन्।
 
मोमो इन्टरटेनमेन्टका डीजे मोमोका अनुसार तीन सातासम्म मेट्रोप्लेक्समा करिब १०० शो हुनेछन् ्र स्थानीय बजार र दर्शकको पर्यवेक्षण गर्ने सुदीप आत्रेले रिलिज मितिको करिब एक साता अघिदेखि अग्रिम टिकट बुकिङ गर्दा जनताको प्रतिक्रियाले हामी दंग भएको बताउँछन् ।
 
डलासमा रहेका सबै नेपालीलाई यो चलचित्र हेर्ने समान अवसर दिन दिउँसो, साँझ र रातीमा शो टाइम उपलब्ध छ। कबड्डी–४ मे २७ देखि जुन १६ सम्म र त्यसपछि जुन १७ मा चिसो मान्चे प्रदर्शन हुने तय भएको छ । 
 
नेपाल ११ इन्टरटेन्मेन्ट, मोमो इन्टरटेन्मेन्ट र आत्रेय प्रोडक्सनले आगामी चलचित्र ‘चिसो मान्छे’ को लागि अमेरिका–क्यानडाको वितरण अधिकार खरिद गरेको छ । यो टोलीले विगत केही वर्षदेखि सत्रु गेट, कबड्डी शृंखला, चमाया छपक्कै, ए मेरो हजुर, आमा लगायतका चर्चित नेपाली चलचित्रहरु सफलतापूर्वक प्रदर्शन गरिसकेको छ । यस पटक डलास, टेक्सासमा कबड्डीले धेरै राम्रो गर्ने अग्रिम बुकिङले देखाउँछ।