मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युक्रेनीलाई घेरेर रुसी सेना युद्ध गर्दै

युक्रेनीलाई घेरेर रुसी सेना युद्ध गर्दै


कि । रुसले युक्रेनको पूर्वीडोनबास क्षेत्रका ४० भन्दा बढी शहरमा गोली प्रहार गरी झण्डै एक दर्जन अग्ला भवन ध्वस्त पारेको छ भने युक्रेनीलाई घेरा हालेर युद्ध गरिरहेको अधिकारीले बताएका छन् । 
 
तीन महिना लामो युद्धमा राजधानी किएभ र दोस्रो शहर खार्किभ कब्जा गर्न असफल भएपछि रुसले पृथकतावादीको तर्फबाट डोनबासको पूर्णनियन्त्रण खोस्ने प्रयास गरिरहेको छ । डोनबासका औद्योगिक क्षेत्र लुहान्स्क र डोनेट्स्क प्रान्त यसमा पर्छन् ।
 
रुसले सिभिएरोडोनेत्स्क र लिसिचान्स्क शहरमा रहेका युक्रेनी सेनालाई घेरा हाल्ने प्रयासमा तीन तर्फबाट आक्रमण गर्दै हजारौंँ सेना परिचालन गरेको छ । क्रेमलिनको युद्धको मुख्य उद्देश्य नै सम्पूर्ण लुहान्स्क प्रान्तलाई रूसी नियन्त्रणमा लिनु हो ।  
 
“अब सबै कुरा डोनबासमा केन्द्रित छ,” युक्रेनी आन्तरिक मन्त्रालयका सल्लाहकार भाडिम डेनिसेन्कोले भनेका छन् । पच्चीस रुसी बटालियन रणनीतिक समूहले युक्रेनी सेनालाई घेरा हाल्ने प्रयास गर्दा अवस्था निकै तनावपूर्ण भएको उनले बताए ।
 
उक्त क्षेत्रका ४० भन्दा बढी शहरमा गोलाबारी गरेको र ३८ घर र एउटा विद्यालयसहित ४७ नागरिकस्थललाई ध्वस्त पारेकोे युक्रेनको सशस्त्र सेनाको संयुक्त कार्यदलले रुसीहरूले बताएको छ । गोलाबारीका क्रममा पाँच नागरिकको मृत्यु भएको १२ घाइते भएका छन् । 
 
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पूर्वका केही भागमा युक्रेनी सेनाभन्दा रुसी सेनाको सङ्ख्या धेरै रहेको र किएभले मस्कोसँग कैदी आदानप्रदानको व्यवस्था गर्न असफल भएको बताएका छन् । एजेन्सी