मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससको स्कुलमा गोली चल्दा एक शिक्षक र १४ जना बालबालिकाले ज्यान गुमाए

टेक्ससको स्कुलमा गोली चल्दा एक शिक्षक र १४ जना बालबालिकाले ज्यान गुमाए

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – टेक्सस राज्यको योभलडी स्थित रब इलेमेन्ट्री स्कुलमा एक बन्दुकधारीले गोली चलाउँदा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक शिक्षक र १४ जना बालबालिका रहेको बताइएको छ ।  
 
उक्त घटनामा १८ बर्षका बन्दुकधारी संलग्न रहेको जनाईएको छ । ती बन्दुकधारीले हाते बन्दुक र राइफल लिएर स्कुलमा प्रवेश गरेका थिए । मंलगवार विहान करिव १२ बजेट १७ मिनेट जाँदा उक्त घटना भएको थियो । उनले नजिकै रहेको अाफ्नो घरमा रहेकी हजुरअामालाइ गोली हानेर त्यसपछि स्कुलमा प्रवेश गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 
 
घटनास्थल सानएन्टेनियोबाट ८५ माइल पश्चिममा पर्छ भने टेक्ससको राजधानी अस्टिनबाट डेढसय माइलको दूरीमा छ । ड्यालसदेखि तीनसय ७५ माइल टाढा रहेको छ । अमेरिका मेक्सिको सीमाबाट केही नजिकै छ ।  

 
टेक्सस गभर्नर ग्रेग एबटले यो विभत्स घटनामा एक १८ बर्षका किशोरको संलग्नता रहेको र उनको मृत्यु भएको जानकारी दिएका छन् । घटनामा संलग्न भएको आशंका गरिएका उक्त व्यक्ति अमेरिकन नागरिक हुन् । 
 
सुरक्षाकर्मीले गोली हान्दा ती अाक्रमणकारी किशोरको मृत्यु भएको वताईएको छ । यस क्रममा दुई जना सुरक्षाकर्मी पनि सामान्य घाइते भएको जनाईएको छ । 
 
गभर्नर एवटले यसलाई निकै दुख्खदायी घटना भन्दै निदा गरेका छन् ।
 
यस घटनाका वारेमा सुरक्षा अधिकारीहरुले राष्ट्रपति जो वाइडेनलाई पनि जानकारी गराईएको छ । घटना लगत्तै केन्द्रिय सुरक्षा अधिकारीहरु पनि अनुसन्धानमा लागेका छन् ।

अमेरिकामा पछिल्ला दिनमा गोलीबारीका घटना अत्यन्तै बढेको छ ।