मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

काठमाडौँ महानगरपालिका प्रमुखमा बालेन जित नजिक, भरतपुर र पोखरामा गठबन्धनका उमेदवार विजयी

काठमाडौँ महानगरपालिका प्रमुखमा बालेन जित नजिक, भरतपुर र पोखरामा गठबन्धनका उमेदवार विजयी


काठमाडौँ । काठमाडौ महानगरपालिका प्रमुखमा बालेन शाहले जित्ने लगभग पक्का भएको छ । मतगणनाको पछिल्लो नतिजाअनुसार बालेनले करिव ५० हजार मत पाएका छन् । 
 
आफ्नो निकट प्रतिस्पर्धीभन्दा निकै अगाडि र अब गन्न बाँकी मतका आधारमा बालेनले जित्ने निश्चित भएको हो । अब मत गणना हुन करिब ४० हजार मात्र बाँकी छ । बालेन निकट प्रतिस्पर्धीभन्दा करिब १८ हजार मतले अगाडि छन् । 
 
यस पटक चुनावअघि बलियो मानिएका काठमाडौँ नगरपालिकाका पूर्वमेयर केशव स्थापितको कुनै जादु चलेन । उनलाई काठमाडौँ कोर सिटी भित्रैका मतदाताले नपत्याउँदा बालेनले जित सुनिश्चित गरेका हुन् । 
 
काठमाडौँमा स्वतन्त्र भई लौरो चिह्न लिएर चुनावमा गएका मधेस मुलका बालेनको जितले राजनीतिक वृत्तमा चर्चा र चासोको विषय बनेको छ । बालेनको जितमा यसको जस उनलाई सहयोग गरिरहेको समूहलाई पनि जान्छ । 
 
उनको टिमले निकै राम्रो र सफल चुनावी क्याम्पेन गरेको थियो । प्रचार शैलीमा कुनै त्रुटी हुन दिएको थिएन । काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेनले कसरी काम गर्छन् र त्यसपछि उनले राजनीतिलाई कसरी अगाडि बढाउँछन् त्यस बारेमा चासो बढेको छ । 
 
अब केही महिनापछि हुन लागेको संसदीय निर्वाचनमा के लौरो वैकल्पिक राजनीतिक पार्टीको चुनाव चिह्न हुन्छ भन्ने विषयमा पनि चर्चा सुरु भएको छ । हिमालयखबरले चुनाव हुनुभन्दा एक साताअघि राजनीतिक पार्टीको सेन्डिकेट तोड्न बालेनलाई जिताउनु आवश्यक रहेको हुँदा उनलाई इन्डोर्स गरेको थियो । 
 
चुनावपछि लगत्तै पनि हिमालयखबरले बालेनले जित्ने आँकलन गरेको थियो । काठमाडौँपछि चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा भने रेनु दाहालले जित हासिल गरेकी छन् । पाँच् दलीय समर्थनमा रेनुले विजय हासिल गरेकी हुन् । रेनुले निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरका साथ पराजित गरेकी हुन् ।
 
दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरे । यस्तै, सर्वाधिक चर्चामा रहेका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे । 
 
रेनुले पूर्व अनुमानभन्दा फराकिलो मतअन्तरले चुनाव जितेकी छन् । रेनुको पहिलो पाँच वर्षे कार्यकालमा भएको विकास निर्माणका कारणले पनि उनको जितलाई सजिलो बनाएको थियो । भरतपुरमा चुनावी नाराभन्दा आफ्नो घरदैलो अघि भएको विकासलाई जनताले मत दिएको देखिन्छ ।
 
यस्तै, पोखरा महानगरपालिकामा पनि एमालेबाट फुटेको एकीकृत समाजवादी पार्टीका धनराज आचार्य विजयी भएका छन् ।