मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बलात्कारको आरोपमा पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलात्कारको आरोपमा पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति


काठमाडौँ  । जिल्ला अदालत काठमाडौँले बलात्कार तथा यौनहिंसाको आरोप लागेका मोडेल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
 
अदालतले सोमबार पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा पाण्डे गत शनिबार प्रहरीले पक्राउ गरेको थियो । पाण्डेविरुद्ध यौनहिंसा र मानवबेचबिखन तथा ओसारपसार गरी दुई मुद्दामा अनुसन्धान हुने भएको छ ।
 
सन् २०१४ मा भएको एक सौन्दर्य प्रतियोगिता सम्पन्न भएपछि सक्सेस पार्टीका नाममा आयोजकमध्येका व्यक्ति पाण्डेले पेयपदार्थमा नसालु पदार्थ मिसाएर बेहोस बनाइ आफूमाथि बलात्कार गरेको एक किशोरीको भनाइ सार्वजनिक भएको छ । 
 
आरोपित पाण्डे पक्राउ परेपछि आफूमाथि पनि यौनहिंसा भएको उल्लेख गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा पाण्डेविरुद्ध जाहेरी दिएकी थिइन् ।