मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भरतपुर महानगरमा ८३ हजार मतगणना, रेनु दाहाललाई ६९३९ मतको अग्रता

भरतपुर महानगरमा ८३ हजार मतगणना, रेनु दाहाललाई ६९३९ मतको अग्रता


चितवन । भरतपुर महानगरपालिकामा ८३ हजार १११ मतगणना सकिएको छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकामा वडा नं १७ र १८ को मतगणना जारी रहँदै गर्दा सो सङ्ख्यामा गणना सकिएको हो ।
 
मतगणना जारी रहेको अवस्थामा भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । महानगर प्रमुखमा नेकपा (माओवादी केन्द्र) का रेनु दाहालले नेकपा (एमाले)का विजय सुवेदीलाई ६९३९ मतान्तरले पछि पारेकी छन् । दाहालले ३२ हजार ६१९ मत प्राप्त गर्दा सुवेदीले २५ हजार ५८० मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार २९६ मत प्राप्त गरे ।
 
उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाका हिमला गुरुङलाई १४ हजार ९०३ मतान्तरले अग्रता लिएका छन् । अधिकारीले ३४ हजार ९३४ मत प्राप्त गर्दा गुरुङले २० हजार ३१ मत प्राप्त गरिन् । यस्तै गणना जारी रहेका वडामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । 
 
गणना सकिएका वडामा कांग्रेसले १, २, ४, ५, ६, ८, १०, १४, १५, १६ एमालेले वडा नं ३, ११ र १२, नेकपा (एकीकृत समाजवादी)ले ७ र ९ तथा माओवादीले वडा नं १३ मा विजयी हासिल गरेको छ । भरतपुर महानगरमा २९ वडा छ ।