मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ड्यालसमा बुद्ध जयन्ति कार्यक्रम भब्य रूपमा सम्पन्न

ड्यालसमा बुद्ध जयन्ति कार्यक्रम भब्य रूपमा सम्पन्न

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) । २५६६ औ बुद्ध जयन्तिको अवसरमा ड्यालस स्थित नेपाली मन्दिरमा दुइ दिने बिशेष कार्यक्रम सम्पन्न भएको छ।

नेप्लिज बुद्धिस्ट ऐशोसिएसनटेक्सस तथा नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्रले संयुक्त रुपमा मनाएको उक्त कार्यक्रममा प्रमुख अतिथि श्रदेय भन्ते शान्तिदेवले पहिलो दिन बुद्ध पुजाधम्मचक्क पबत्तन सुत्त वाचन तथा निर्देशित ध्यान र दोश्रो दिन परित्रान पाठ र धर्मदेशना देशना दिनु भएको थियो।

 

पहिलो दिन नेप्लिज बुद्धिस्ट ऐशोसिएसनटेक्ससको साप्ताहिक बुद्ध बन्दना कार्यक्रमको क्रममा भन्ते शान्तिदेवले बुद्ध जयन्तिको शुभ अवसरमा धम्मचक्क पबत्तन सुत्तको वाचन तथा ब्याख्या गर्नु भएको थिय।  त्यसै दिन साँझ  घण्टा निर्देशित ध्यान शिविरु कार्यक्रम अन्तर्गत उपस्थित सबैलाई ध्यानको महत्त्वो बर्णन गर्दै चरणबद्ध रूपमा ध्यान गर्ने तरिका सिकाउनु भएको थियो।

 

त्यस्तै दोश्रो दिन बुद्ध जयन्तिको बिशेष कार्यक्रम अन्तर्गत भएको सभामा प्रमुख अतिथि श्रदेय भन्तेले परम्परागत रुपमा भगवान बुद्ध को अनुष्ठान गर्दै कारनिय मेत्ता सुत्त पाठपरित्रान सुत्र पाठ र ुचतु आर्य सत्यु बिषयमा धर्मदेशना देशना दिनु भएको थियो। 

उक्त कार्यक्रममा ऐशोसिएसनका अध्यक्ष स्वोयम्भु शाक्यले स्वागत भाषाणको क्रममा एसोसिएसनका गतिविधिको बारेमा छोटो परिचय दिनु भएको थियो। त्यस्तै यूलेसमा बन्दै गरेको नया पशुपति नाथ तथा बुद्ध बिहारको परिचय दिंदै ऐशोसिएसनका तथा केन्द्रका दुबैका सदस्य मकर बज्राचार्यले उक्त नया मन्दिरको प्रमुख अंग स्वयम्भु स्तुपामा स्थापनको लागि गजुरपंच बुद्धबज्र तथा १०८ माने दान दिन वचन दिनु हुने सम्पूर्ण दानी हरुको नाम उल्लेख गर्दै अन्य दाताहरु लाइ दानको लागि प्रोत्साहन गर्नु भयो ।

 

ऐशोसिएसनका सचिब डा. नीरज बज्राचार्यले संचालन गर्नुभएको उक्त कार्यक्रममा शोसिएसनका उपाध्यक्ष तथा नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्रका कोषाध्यक्ष शैलेन्द्र मानन्धरले धन्यवाद ज्ञापन गर्दै सोहि दिन बिहान ग्रहण गर्नु भएको अष्टशीलको बारेमा जानकारी दिनु भएको थियो।  उक्त दिन अष्टशील ग्रहण गर्ने मा अध्यक्ष स्वयम्भु शाक्यउपाध्यक्ष शैलेन्द्र मानन्धरसचिब डा. नीरज बज्राचार्यका साथै शोसिएसनका सदस्यहरु अमर बज्राचार्य र जुनु बज्राचार्य पनि हुनुहुन्थ्यो।