काठमाडौ – काठमाडौ महानगर मेयर चुनावको मतगणतामा बालेन शाहले लगातार लिड गरिरहेका छन् । प्राप्त भईरहेको मतका आधारमा उनी विजयी तर्फ उन्मुख भएका छन् ।
काठमाडौ महानगरको करिव ५० हजार मत गणना भएको छ । यो खसेको मतको करिव ३० प्रतिशत मात्र भए पनि फराकिलो मत अन्तर र उनले अहिलेसम्म गणना भएको भोटमा लिड गरिरहेकाले बालेन अवको काठमाडौको मेयर वन्ने संभावना वढेर गएको छ ।
बालेनको अग्रतालाई राजनीतिक पार्टीका नेताहरुले विश्लेषण गर्न थालेका छन् । यसलाई राजनीतिक पार्टीका कार्यकर्ताको सेन्डीकेट अव कम हुदैं गएको रुपमा हेरिएको छ । यो राजनीतिक नेता र कार्यकर्ताका लागि चुनौतीका रुपमा देखिएको छ ।
हिमालयखवरले दलको सेन्डिकेट तोड्न बालेनलाई जिताउनुपर्ने सम्पादकीय लेखेको थियो । चुनाव लगत्तै सार्वजनिक भएका विभिन्न प्रारम्भिक सर्भेका आधारमा बालेनले जित्ने पनि हिमालयखवरले दावी गरेको थियो ।
बालेनको व्यवस्थति प्रचार शैलीले उनलाई ब्राण्ड वनाएको छ । यो ब्राण्ड वनाउन एउटा टिममै उनीसंग छ । यस अघि नेपाली कांग्रेस नेता गगन थापाले यस्तै शैलीको प्रचार प्रसार गर्दै आएका थिए । तर, बालेनको टिम गगनको भन्दा पनि सफल देखिएको छ । बोलनको चर्चाले गगनको क्रेजलाई समेत छांयामा पार्न थालेको छ ।
गगन विकास निमाणर्, अर्थतन्त्रका कुरा भन्दा विरोधी पार्टीका नेतालाई भाषणमा चुनौती दिदैं चर्चामा छन् । बालेनको चुनाव क्याम्पेनले यो शैली अव सफल नहुने देखिएको छ ।
मतगणना भईरहंदा पनि बालेन चर्चामै छन् । कहिले ललितपुर पुगेका छन त कहिले कता । उनी अव चश्मा खोलेर समेत देखिन थालेका छन् ।
बालेन मात्र होइन स्वतन्त्र उम्मेदवारले पाएको लौरो चुनाव चिन्ह पनि अहिले चर्चामा छ । केही स्थानमा लौरोले जितेका छन् । केही स्थानमा कडा टक्कर दिएका छन् । यस आधारमा बालेन र उनको समुह बैकल्पिक राजनीतिक पार्टी वनाउने आधार खोजिरहेको देखिन्छ ।
यसलाई बालेनले पनि अस्विकार गरेका छन् । १० वटा फिल्म वनाउने योजना हाम्रो हो यो पहिलो हो बालेनले एक टेलिभिचन कार्यक्रममा यही अभिव्यक्ति दिएका थिए ।
भारतमा आम आद्मी पार्टीको शैलीमा लौरो समुह अघि वढ्न सक्ने वताईएको छ ।
प्रतिक्रिया