मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

कोलोराडोमा प्रकाश सपुत सांगीतिक साँझमा झुमे दर्शक

कोलोराडोमा प्रकाश सपुत सांगीतिक साँझमा झुमे दर्शक


कोलोराडो, अमेरिका । चर्चित गायक प्रकाश सपुतले कोलोराडोमा बेजोड सांगीतिक प्रस्तुति दिएर दर्शकलाइृ नचाएका छन् । 
 
अमेरिकाको विभिन्न शहरमा सांगीतिक कार्यक्रम दिने उद्देश्यले अमेरिका आएका प्रकाशले शनिबार साँझ डेनभर साउथ हाइस्कुलमा आफ्नो प्रस्तुति दिएका हुन् । बहुचर्चित गीत पिरबाट प्रस्तुति थालेका उनले गलबन्दी, मायाका कुराले, बोलमयां, कुरा बुझ्नु पर्छ जस्ता गीतहरु गाएर सबै उमेरका श्रोता दर्शकलाई नचाएका थिए ।
 
दिदी बहिनी समूहको आयोजनामा साँझ ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन भएको कार्यक्रममा स्थानीय कलाकारहरु महादेव त्रिपाठी, सम्झना पाण्डे, बसन्त लम्साल, दीपक गौतम, मनोजकाजी तुलाधर, रुपेश न्यौपाने, प्रकाश पौडेललगायतका कालाकारहरुले विभिन्न सुमधुर गीतमार्फत श्रोता दर्शकहरुको मन जित्न सफल भएका थिए । त्यसैगरी ऐश्वर्या तिवारी, परी चौलागाईं दिया ढकाललगायतका बालकलाकारहरुले नेपाली लोकसंगीतमा सुन्दर नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा महादेव त्रिपाठीले जादुसमेत पनि देखाएका थिए ।
 
दुई वर्षभन्दा बढी कोरोनाको त्रासले ठूला मनोरञ्जनात्मक कार्यक्रम हुन नसकेको कोलोराडोमा सांस्कृतिक कार्यक्रममा यति धेरै सहभागिता यसअघि कहिल्यै नभएको सहभागीहरुले प्रतिक्रिया दिउका छन् । कार्यक्रममा कलाकार तथा प्रायोजकहरुलाई दिदीबहिनी समूहका सदस्यहरुले खादा लगाइदिई प्रशंसापत्रसहित सम्मान गरेका थिए ।  
 
नेपाल र अमेरिकाको  राष्ट्रियगानको धुन बजाएर सुरु गरिएको कार्यक्रममा दिदी बहिनी समूहका सांस्कृतिक समितिका संयोजक शान्ति भुषालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेकी थिइन् । कार्यक्रम किरण अधिकारी र यमुना केसीले संचालन गरेका थिए ।
 
कार्यक्रमको अन्त्यमा दिदी बहिनी समूहका संयोजक धन पौडेलले नेपाली भाषी दाजुभाइ, दिदी बहिनीहरु भेला भई नाचगानको माध्यमबाट मनोरञ्जन गरी लामो समयदेखि मनमा रहेको डरत्रास भगाउँदै दैनिक जीवनलाई लयमा फर्काउन राष्ट्रियस्तरका कलाकारमार्फत कार्यक्रम आयोजना गरिएको बताइन्  ।