मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

विदेशमा वस्ने नेपालीले नेपालमा डलर खाता खोल्न चासोनै देखाएनन्

विदेशमा वस्ने नेपालीले नेपालमा डलर खाता खोल्न चासोनै देखाएनन्

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – नेपालमा विदेशी मुद्राको अभाव टार्न विदेशमा वस्ने नेपालीका लागि अमेरिकी डलरमा खाता खोल्न अभिपे्ररित गर्ने उद्देशयले विभिन्न प्रभावधान ल्याईपनि यो असफल भएको छ ।
 
विदेशमा वस्ने नेपालीले नेपाली बैंकमा डलर खाता खोल्न चासो नै नदेखाएको राष्ट्र बैंक सम्वद्ध वरिष्ठ अधिकारीले हिमालयखवरलाई वताए । 
 
डलर खाता खोल्न अभिप्रेरित गर्ने उद्देशयले सरकार र राष्ट्र बैंकले गैर आवासीय नेपाली संघ (एनआरएनए)संग मिलेर तीन पटक छलफल कार्यक्रम समेत आयोजना गरेका थिए । 
 
भर्चुयल मार्फत भएका यस्ता छलफलमा अर्थमन्त्री, अर्थसचिव राष्ट्र बैंकका वरिष्ठ अधिकारी, एनआरएनएका अध्यक्ष लगायत पदाधिकारीहरु समेतको सहभागिता थियो । तर, यो छलफल भाषण गर्ने र सुनाउने वाहेक कुनै उपलव्धिपुर्ण नभएको अर्थमन्त्रालयका अधिकारीले वताए । 
 
यसवाट अर्थमन्त्रालयले एनआरएनएको प्रभावको समेत मूल्यांकन गर्न थालेको छ । विवादै विवादमा फसेको एनआरएनए प्रति अहिले विदेशमा वस्ने नेपालीले चासो देखाउन छाडेका छन् । तीन अध्यक्ष कयौं पदाधिकारी भएको वर्तमान कार्यसमितिले पनि ठोस काम गर्न सकेको छैन । संस्था भित्र जटिलता थपिंदै गएका छन् । 

उच्च आयातका कारण नेपाललाई अहिले पहिलेको भन्दा वढी विदेशी मुद्रा चाहिएको छ । नेपालको विदेशी मुद्राको संचिति मुख्य रुपमा डलरमा छ । नेपालमा थप अमेरिकी डलर भित्राउन सकिन्छ कि भन्ने उद्देश्यले सरकार र राष्ट्र बैंकले एनआरएनए मार्फत डलर खाता खोल्न अभिप्ररित गर्न सकिन्छ कि भन्ने सोचेको थियो । तर, यो भएन । 
 
हाल नेपालमा बार्षिक करिव यो आर्थिक बर्षको नौ महिनामा नेपालमा ७२४ अर्व ७४ करोड रुपैंया रेमिट्यान्सका रुपमा भित्रिएको छ । यस मध्ये अधिकांश पैसा दैनिक उपभोगमा जाने गरेको छ । 
 
नेपालमा डलर खाता खोलेर वचत गर्दा पाउने व्याजदर आकर्षक छैन । विदेशवाट नेपालमा पैसा लंैजादा र ल्याउंदा पनि केही केही पर्छ । विदेशमा वसेर उद्योग व्यवसाय गरेका नेपालीहरु पनि छन् । तर, उनीहरु पैसा वचत खातामा राखेर व्याज खानेभन्दा पनि लगानी नै गर्न चाहान्छन् । त्यही भएर डलर खाता नखोलिएको हो । 

एनआरएनए भित्र के गर्दा अहिले भन्दा वढी डलर पठाउन सकिन्छ भन्ने कुनै अध्ययन र जानकारी छैन । न त सरकारले नै विदेशमा वस्ने नेपालीवाट कसरी वढी रेमिट्यान्स प्राप्त गर्न सकिन्छ भन्ने योजना नै वनाएको छ । खाली कर्मकाण्डी रुपमा विदेशमा वस्ने नेपालाीको डलर खाताका विषयमा छलफल गरिएका थिए ।
 
नेपालमा अमेरिकी डलरको माग वढ्दै गएकाले यसलाई वढाउन केही न केही नगरी नहुने अवस्था छ ।