मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

कोलोराडोको लङमन्टमा स्थानीय सरकारको समन्वयमा नेपाली जात्रा हुँदै

कोलोराडोको लङमन्टमा स्थानीय सरकारको समन्वयमा नेपाली जात्रा हुँदै

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो, अमेरिका । नेपालीहरुको बाक्लो बसोवास रहेको कोलोराडोको लङमन्टमा स्थानीय सरकारको सहयोग तथा समन्वयमा नेपाली जात्रा हुने भएको छ ।
 
स्थानीय सुनन्दा डंगोलको नेतृत्व तथा कोलोराडोमा रहेका विभिन्न संघ संस्थाहरुको पहलमा आगामी जुलाई १० तारिक आइतबार दिउसो १२ बजे देखि ३ बजेसम्म लङमन्ट म्युजियम तथा कल्चर सेन्टरमा जात्रा हुन लागेको हो ।
 
जात्रामा लाखे, कुमारी, तथा अन्य बिभिन्न समुदायका आ–आफ्नो पहिचाहन झल्कने सांस्कतिक कार्यक्रम प्रदर्शन गर्न सकिने डंगोलले बताएकी छन् । हामी नेपालीहरुले अहिलेसम्म हाम्रै समुदाय लक्षित कार्यक्रम मात्र गर्दै आएका छौँ । 
 
यसबाट यहाका स्थानीय सरकारलाई हामी के कती छौँ हाम्रा सांस्कृतिक चालचलन के कस्ता छन् केही थाहा छैन । तर यो कार्यक्रम भनेको यहाका स्थानीय दर्शकहरु बिच गरिने कार्यक्रम हो । 
 
सबै दर्शकहरुलाई निःशुल्क प्रवेश हुने कार्यक्रमबाट थोरै भए पनि नेपाली भाषा संस्कृतिको संरक्षण तथा पहिचाहनमा टेवापुग्ने उनको दाबी छ ।  स्थानीय सिटी अफ लङमन्टले हाम्रो कार्यक्रमको प्रचार प्रसार गरिदिने भएकाले स्थानीयहरु हाम्रो कार्यक्रम हेर्न आउने उनी बताउंछिन् ।  
 
स्थानीय आदिवासी धेरै कम भएको अमेरिकामा संसारभरिका मानिसहरुको बसोबास रहेको छ । विभिन्न देशका मानिसहरु आउँदा उनीहरुको भाषा संस्कृति सँगै आएको हुन्छ ।  
 
त्यस्ता भाषा संस्कृतिको जगेर्ना गर्न यहाका हरेक सिटीले कार्यक्रम बनाएको हुन्छ । त्यस्ता कार्यक्रमहरु सिटीसंग समन्वय गरेर  यिनीहरुका माझ कार्यक्रम देखाउँदै जान सकेमात्र हाम्रो पहिचाहन गराउन सकिन्छ । यसै माध्यमबाट भबिश्यमा बिभिन्न अधिकारहरु दाबी गर्न सकिने उनी बताउ छिन् ।
 
त्यसैले कोलोराडोमा रहेका विभिन्न जातिय संघ संस्थाहरुलाई उक्त दिन आआफ्ना भेषभूषा संस्कृति झल्कने कार्यक्रमहरु प्रर्दशन गरी नेपाल र नेपालीको पहिचाहन गराउन कार्यक्रममा सहभागी भईदिनु हुन सुनन्दाले सबैलाई अनुरोध गरेकी छिन् ।  आफ्नो कार्यक्रम देखाउन चाहनु हुने महानुभावहरुलाई यस ९ठद्दण्(ठद्धछ(ढद्दटठ० नम्वरमा सम्पर्क गर्नुहुनसमेत उनले अनुरोध गरेकी छन् ।