मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बालेन शाहले जित्ने प्रारम्भिक अनुमान

बालेन शाहले जित्ने प्रारम्भिक अनुमान

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्थानिय चुनावको मतदान प्रकृया सकिए लगत्तै आएका प्रारम्भिक अनुमानहरुले काठमाडौ महानगर पालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले जित्ने संभावना वढेको छ । 
 
अनलाइन खवर पत्रिका सेतोपाटीले चुनाव सकिए लगत्तै स्थानिय मतदातालाई सोधेको आधारमा वनाएको समाचारमा बालेन जित्ने अवस्था रहेको उल्लेख गरिएको छ । 
 
यो समाचार आए लगत्तै समाजिक संजालमा तरंगनै आएको छ । सेतोपाटीको यो अनुमान भने कुनै वैज्ञानिक सर्वेक्षणवाट आएको होइन । काठमाडौ महानगर चुनाव चर्चाको केन्द्रमा छ । त्यसमा पनि र्यापारवाट चर्चा कमाएका बालेनको क्रेज थियो । 
 
हिमालयखवरले एक साता अघिनै राजनीतिक पार्टीको सेन्डिकेट तोड्न बालेनलाई जिताउनु पर्ने सम्पादकीय लेखेको थियो । बालेनले भनेजस्तो नगरेपनि नयां सन्देश भने दिने हिमालयखवरको दावी थियो । 
 
बालेनको प्रचार प्रसार शैली निकै आधुनिक थियो । प्रचार प्रसारमा मिलाउन जान्ने भनेर मानिएका कांग्रेसका महामन्त्री गगन थापालाई समेत पछाडी पार्ने गरी बालेन अघि वढेका थिए । उनको प्रचार प्रसार शैली पनि यस्तै निकै व्यस्थित थियो । 
 
बालेनको प्रचार प्रसारका लागि एउटा टिमै लागेको वताईएको छ । 
 
नेपाल बाहिर अमेरिका समेत बालने चर्चामा थिए । हाल अमेरिका आएका पत्रकार अनिल अधिकारी भन्छन् बालेनले यति चर्चा पाउनु भनेकै नेपालको परम्परागत राजनीतिक शैली र राजनीतिक पार्टीको कार्यप्रकृयालाई चुनौती रहेको वताए । यसले अव राजनीतिक कोर्स नै परिवर्तन गर्न सक्छ उनले भने ।
 
अमेरिका वस्ने व्यवसायी बासुदेव धिमिरे बालेनको निर्वाचन अभियानलाई नजिक वाट हेरिरहेका थिए । बालेनको प्रचार संरचना निकै व्यस्थित राम्रो थियो घिमिरेले भने उनले कसैलाई गाली गरेनन् आफ्ना कुरा राखे गाली गर्नेलाई पनि सभ्य भाषामा उत्तर दिए । 
 
काठमाडौ महानगरमा करिव २ लाख मत खसेको अनुमान छ । मतपत्र ठुलो र झन्झटिलो भएकाले जित हार देखिने गरी मत आउन एक दिन कुर्नु पर्ने छ । जितका लागि करिव काठमाडौ महानगरमा करिव ५० हजार मत ल्याउनु पर्ने छ । 
 
बालेनको चर्चाले बैकल्पिक राजनीतिक शक्तिको संभावना रहेको देखाएको छ । अवको संसदिय चुनाव निकै पेचिलो हुने संकेत समेत गरेको छ । 
 
तर, शुरुआती अनुमानले बालेन निकै बलियो अवस्थामा रहेको देखाएको छ । 
 
स्थानिय चुनावमा करिव ६४ प्रतिशत मत खसेको अुनमान छ । ४४ निर्वाचन केन्द्रको मतदान रोकिएको छ । यहां पुन चुनाव भएपछि ति स्थानमा मत गणना हुने छ ।