मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

मौन अवधिमा संलग्न भएकोबारे आयोगले सोध्यो प्रचण्डसँग स्पष्टीकरण

मौन अवधिमा संलग्न भएकोबारे आयोगले सोध्यो प्रचण्डसँग स्पष्टीकरण


रतपुर । निर्वाचन आयोगले मौन अवधिमा प्रचारप्रसारमा संलग्न भएको भन्दै बिहीबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र पठाउँदै आठ घन्टाभित्र स्पष्टीकरण दिन भनेको छ । 
 
आयोगले माडी नगरपालिकाको वडा नं ५ स्थित होटेल प्याराडाइज र भरतपुर महानगरको चनौली र दिव्यनगरमा उमेदवार र कार्यकर्तालाई भेटेर मत मागेको विषयमा प्रष्ट पार्न आग्रह गरेको हो । 
 
निर्वाचन आयोगले पठाएको पत्रमा मौन अवधिमा प्रचण्डबाट भएका क्रियाकलापबाट निर्वाचन आचारसंहिता, २०७८ को दफा १६ को खण्ड (क) र खण्ड (ग) मा उल्लिखित मौन अवधिमा पालना गर्नुपर्ने आचरणको उल्लङ्घन भएको सन्दर्भमा निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको अवस्थामा प्रचण्डको नाम निर्वाचन आचारसंहिताको उल्लङ्घनकर्ताको रुपमा किन सार्वजनिक गर्नु नपर्ने हो भनी प्रश्न गरिएको छ । 
 
आयोगले पत्र प्राप्त भएको समयले ८ घन्टाभित्र आयोगमा लिखित जवाफ पेस गर्न पनि अनुरोध गरेको छ । निर्वाचन आचारसंहिताअनुसार वैशाख २७ गते राति १२ः०० बजेदेखि मौन अवधि सुरु भइसकेको छ । मौन अवधिमा निर्वाचन प्रचारप्रसारको गतिविधि गर्न नपाइने आयोगले जारी गरेको सूचनामा उल्लेख छ । 
 
आयोगले यसअघि पनि आचारसंहिताविपरीत अभिव्यक्ति दिएको भन्दै प्रचण्डलाई २४ घन्टे स्पष्टीकरण सोधिसकेको छ ।