मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेजाको लसएन्जल्समा सामुदायिक अन्तरक्रिया सम्पन्न

नेजाको लसएन्जल्समा सामुदायिक अन्तरक्रिया सम्पन्न

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लस एन्जल्स (क्यालिफोर्निया ) –  नेपाल अमेरिका पत्रकार संघ(नेजा)को आयोजनामा क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरमा सामुदायिक अन्तरक्रिया गत शनिवार सम्पन्न भएको छ । 
 
संघका अध्यक्ष बिकासराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक अभियन्ताले समुदायको लागि संचारमाध्यम र संचारकर्मीहरुले खेल्नुभएको योगदानको प्रशंसा गर्नुभएको थियो । अध्यक्ष न्यौपानेले नेजाले समुदायमै रहेर समुदायकै लागि काम गरिरहेको बताउनुभयो । पत्रकारको हक हित र संचारमाध्यमहरुको प्रवद्र्दनमा लागि संघले कार्यक्रमहरु केन्द्रीत गरेको जनाउनुभयो । 

सो अवसरमा समुदायका अभियन्ताहरुले कतिपय अवस्थामा संचारमाध्यमहरुवाट आउने सामाग्रीहरुले समाजलाई नै कन्फ्युज गराउने  अवस्था समेत देखिएको बताउनुहुँदै संचारमाध्यमहरुले विश्वसनिय समाचार सामाग्री पस्कनुपर्नेमा समेत जोड दिनुभएको थियो ।
 
समाजमा देखिएका गल्ती कमजोरीलाई समेत जनमानसमा पुर्‍याउन आग्रह गर्दै अभियन्ताहरुले आग्रह र पूव्रागह त्यागेर गरिएको पत्रकारिताले पत्रकारले प्रतिष्ठा बढाउने बताउनुभयो । 

सो अवसरमा संघका महासचिव सुरज भण्डारीले नेजाले समुदायसँग संचारमाध्यम र संचारकर्मीहरुलाई जोड्नका लागि कार्यहरु गरिरहेको बताउनुहुँदैं सबैको साथ र सहयोगले आगामी दिनमा अझ प्रभावकारी ढंगले कार्यक्रमहरु गरिने   उल्लेख गर्नुभयो । 
 
कार्यक्रममा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्दिसागर सुबेदी, डा. चिन्तामणी योगी, श्री पशुपतिनाथ फाउण्डेशनका कार्यवाहक अध्यक्ष विमल श्रेष्ठ, सिटी अफ आर्टिसियाका कमिस्नर भक्त थापा, एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष एकदेव शर्मा,एनआरएनएकर्मी एवं हामी नेपाली ग्लोबलकी ईन्दिरा त्रिपाठी, एनआरएनए अमेरिकाका बोर्ड अफ डाईरेक्टर ज्ञानेन्द्र गुरुङ,महिला अधिकारकर्मी सपना थपलिया, अनेसास क्यालिफोर्निया लसएन्जल्सका अध्यक्ष डन कार्की, सुभाष भण्डारी, एनआरएनए कर्मी रविराज बस्नेत, शुसिला खनाल, रामचन्द्र लामिछाने, हेम बहादुर ठकुल्ला,मणिराम न्यौपाने, सिद्वार्थ सिलवाल, जोसेफ घले, संचारकर्मीहरु सुभाष कार्की, उत्तम धमला, उपेन्द्र सापकोटा लगायतले धारणा राख्नुभएको थियो । 

 
सो अवसरमा संघका आजिवन सदस्य एवं अनुशासन उपसमितिका संयोजक रामेश्वर भण्डारी, संघका पूर्व सचिव अग्नी चौलागाई, सदस्यहरु हेमराज बराल र सुदर्शन वलीले पत्रकारिता र समुदायसँग जोडिएका विभिन्न विषयमा रहेर धारणा राख्नुभएको थियो । संघका कार्यसमिति सदस्य गोकुल ढकालको संचालन र आजिवन सदस्य रोशन अधिकारीको स्वागत मन्तव्य रहेको थियो ।