मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

एनएएचको आव्हान-आउनुहोस्, मिलेर भविष्य रोपौं

एनएएचको आव्हान-आउनुहोस्, मिलेर भविष्य रोपौं

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‘आउनुहोस्- मिलेर भविष्य रोपौं’। सुन्दा अलि अचम्म लागे पनि टेक्ससको ह्युस्टनमा रहेको नेपालीहरुको संस्था नेप्लिज एसोसिएशन अफ ह्युस्टन- एनएएचले ल्याएको नयाँ सामुदायिक सहयोग र वातावरण संरक्षणको अवधाराणा हो यो। स्थानीय पशुपति मन्दिर परिसरमा जारी विविध निर्माण कार्यहरुका लागि आर्थिक स्रोत पनि जुट्ने र वातावरणीय संरक्षणमा केही योगदान पनि हुने उद्देश्य राखेर हालै एनएएचले मिलेर भविष्य रोपौं भन्ने अवधारणा अघि सारेको हो। 

 
यस योजना अनुसार इच्छुक व्यक्तिहरुले आफ्नो नाममा विरुवा रोप्ने र त्यस वापत मन्दिरलाई दुईसय डलर सहयोग गर्ने योजना एनएएचले ल्याएको हो। एनएएचका अध्यक्ष डा. विष्णु नेपालका अनुसार स्थानीय ट्रीज फर ह्युस्टनले सहयोग स्वरुप प्रदान गरेको १७५ वटा विभिन्न प्रजातिका विरुवाहरु मध्ये १०९ वटा विरुवा गत आइतवार मन्दिर परिसरमा रहेको खेल मैदान वरिपरि लगाइएको हो। बाँकी विरुवाहरु पनि छुट्टै लगाउने योजना एनएएचले बनाएको छ। केही सहयोगी नेपालीहरुले आफू र परिवारको नाममा विरुवा रोप्ने प्रतिवद्धता एनएएचले पाइसकेको डा. नेपालले जानकारी गराएका छन्। 

रोपिएको विरुवाको हेरचाह गर्ने व्यवस्था हाल एनएएचले नै मिलाएको भएपनि आ-आफ्नो नाममा रहेको विरुवाको संरक्षण सम्वन्धित सहयोगीहरुले मन्दिरमा आफैं आएर गर्न सक्ने व्यवस्था एनएएच र मन्दिर व्यवस्थापनले मिलाउने छ। आइतवारको विरुवा रोप्ने कार्यक्रमबाट २१ हजार डलर सहयोग संकलन भएको अध्यक्ष डा. नेपालले हिमालय खबरलाई बताएका छन्। 
 
एनएएच कप भलिबल प्रतियोगिता 
 
एनएएचको स्पोर्ट कमिटीको आयोजनामा गत आइतवार  मन्दिर परिसरमा रहेको भलिबल कोर्टमा भएको भलिबल प्रतियोगितामा ‘साइप्रस बि’ टिमलाई हराउँदै ‘ह्युस्टन’ टिम च्याम्पियन बन्न सफल भयो। ह्युस्टन कप विजेता भलिबल टिमले गत महिना कनरो भलिबल क्लबको आयोजनमा भएको भलिबल प्रतियोगिता पनि जितेको थियो। युवाहरुको चासो र सहभागिताले एनएएचलाई खेलकुद गतिविधिहरु निरन्तर गरिरहन प्रेरित गरिरहेको आयोजकहरुले बताएका छन्। नौ वटा भलिबल टोली सहभागी रहेको प्रतियोगिताको विजेता टोलीले एकहजार डलर नगद पुरस्कार सहित प्रमाण पत्र र ट्रफी प्राप्त गरेको थियो भने उपविजेता टोलीले ६ सय डलर नगद सहित प्रमाण पत्र र ट्रफी पाएको थियो ।