मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न युवाको भूमिका अहम : सभामुख सापकोटा

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न युवाको भूमिका अहम : सभामुख सापकोटा


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सबैलाई अपिल गरेका छन् । निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउन युवाको भूमिका अहम हुने उल्लेख गर्दै सक्रियताका साथ लाग्न अनुरोध गरे ।  
 
‘रे टेलिभिजन एचडी’को यहाँ आज उद्घाटन गर्दै सभामुख सापकोटाले आमसञ्चार माध्यमलाई प्रविधिमैत्री बनाउँदै आवाजविहिनको आवाज बनाउनुपर्नेमा जोड दिए । उनले भने, “प्रविधिले सञ्चारमा क्रान्ति ल्याएको छ, जसको कारण ससंसार साँघुरो भएको छ, आधुनिक विज्ञानमा टेलिभिजन नवीनतम आविष्कार हो, यसको सही ढङ्गले संयोजन गर्नुपर्ने हुन्छ ।” 
 
उनले प्रविधिको विकासलाई सकारात्मक मात्रैभन्दा पनि नकारात्मक पक्षलाई केलाउँदै समग्र विकासलाई प्रविधिसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिए ।
 
सभामुख सापकोटाले भने, “मलाई युवा पुस्ताप्रति विश्वास छ, ज्ञानको केन्द्रीकरण सामूहिकतामा हुन्छ, युवाले सामूहिक पहलमा धेरै काम गर्न सक्छन् ।” 
 
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले टेलिभिजनले देशको सामाजिक विकासँगै आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।  
 
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आमसञ्चारका माध्यमले मुलुकको अर्थतन्त्रलाई उक्साने गरी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । रे मिडिया ग्रुपका अध्यक्ष प्रकाशबाबु पौडेलले टेलिभिजनले देशको सामाजिक, राजनीतिक, शैक्षिकसँगै आर्थिक विषयलाई प्राथमिकताका साथ सम्प्रेषण गर्ने बताए । रासस