मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिकाले आईसीसीलाई १ करोड १७ लाख रुपैंया वुझायो

एनआरएनए अमेरिकाले आईसीसीलाई १ करोड १७ लाख रुपैंया वुझायो

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – गैर आवासीय नेपाली संघ एनसीसी अमेरिका (एनआरएनए अमेरिका)ले आईसीसीलाई वुझाउन बांकी रकम भुक्तानी गरेको छ । 
 
आईसीसीले एनआरएनए अमेरिकावाट १ करोड १७ लाख ३४ हजार ४८८ रुपैंया पाएको बताउंदै धन्यवाद समेत दिएको छ । 
 
एनआरएनए अमेरिकाले अमेरिकामा आफ्नै कार्यालय भवन खरिद गर्न लागेकाले सदश्यता वापतको रकम यस पटकलाई छुट दिन आग्रह गरेको थियो ।

 

एनआरएनए अमेरिकाको यो आग्रह सुनुवाई भएन । बरु यसमै केही व्यक्तिले विवाद उठाएका थिए । आईसीसीले अप्रिल महिना भित्र यो रकम भुक्तानी गरिसक्न दवाव दिएको थियो । 
 
यसलेगर्दा एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी दवावमा परेका थिए । यो रकम नतिरेको भन्दै एनआरएनए अमेरिकाको बर्तमान कार्यसमिति खारेज भएको दावी पनिगरिएको थियो । 
 
यसै विच एनआरएनए को लोगो र लेटरप्याडको दुरुपयोग गरेको भन्दै एनआरएनए अमेरिकाले प्रकाश सापकोटा लगायतलाई स्पष्टिकरण मागेको छ । लेटरप्याड दुरुपयोग गरेको हुदां एनआरएनए अमेरिकाको साधारण सदश्यवाट किन नहटाउने भन्दै स्पष्टिकरण सोधिएको हो । 
 
एनआरएनए अमेरिकाले एनआरएनए आईसीसीमा को को पदाधिकारी चयन भएको यसको औपचारिक जानकारी नआएको वताउंदै आएको छ ।