मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विश्वकीर्तिमानी सगरमाथा आरोहीको बालविवाह रोकथाम अभियान सुरू

विश्वकीर्तिमानी सगरमाथा आरोहीको बालविवाह रोकथाम अभियान सुरू


काठमाडौँ । विश्वकीर्तिमानी सगरमाथा आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले बालविवाह रोकथाम अभियानलाई ललितपुरबाट सुरू गरेका छन् ।  
 
उनले २०७६ जेठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट उद्घोष गरेको बालविवाह रोकथाम अभियानलाई ललितपुरबाट सुरू गरेका हुन् । गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा गोदावरी नगरपालिका–८ डुकुछापको सामुदायिक विद्यालयका विद्यार्थीका साथै दनुवार बस्तीमा सचेतना अभियानको थालनी गरेको छ । 
 
नेपालको अन्य अल्पसङ्ख्यक जातिमध्ये दनुवार पनि हो । राष्ट्रिय जनगणना–२०६८ अनुसार मुलुकभरि दनुवार जातिको सङ्ख्या ८४ हजार ११५ रहेको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, नुवाकोट, कास्की, झापा, मोरङ, सुनसरी, रौतहट मकवानपुर, सर्लाहीलगायत जिल्लामा दनुवार जातिको बसोबास हुँदै आएको छ । 
 
दनुवार जाति भरसक आफ्नै गाउँमा विवाह गर्छन् । यो समाजमा बालविवाह एवम् बहुविवाहको प्रचलन छदैँछ । गरिबी र जनचेतनाको अभावजस्ता बाध्यात्मक कारणबाहेक सामाजिक सञ्जाल लगायतको बढ्दो प्रयोगसँगै स्वेच्छाले परिवारको स्वीकृतिविना पनि भागेर बालविवाह हुने गरेको वास्तविकता पनि यो समाजमा विद्यमान छ । 
 
उनी विश्वको सर्वोच्च शिखर सगरमाथाको दुवै मोहोडा नेपालको दक्षिणीतर्फबाट (२०७५ जेठ ९ गते) र उत्तरी मोहोडा (तिब्बततर्फबाट २०७६ जेठ ९ गते) का दिन सफल आरोहण गरी सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला पत्रकारको विश्वकीर्तिमानी राख्न सफल बनेकी हुन् ।   
 
ललितपुर महानगरपालिका स्थापना भएको १००औँ दिन तथा वाङ्मय शताब्दीपुरुष डा सत्यमोहनजोशीको १००औँ जन्मोत्सवको उपलक्ष्यमा महर्जनले नगरपालिकाको लोगो अङ्कित झन्डा र जोशीको फोटो अङ्कित झन्डा सर्वोच्च शिखर सगरमाथामा फह¥याएको थियो भने एक्स्पेरियन्स आउटडोर्स नेपालको ब्यवस्थापनमा भएको सगरमाथा आरोहणको सिलसिलामा बोकेको नारा शिक्षाको माध्यमबाट बालविवाह रोकथाम अभियान–२०१९ (विसं २०७५ जेठ ९ गते) का दिन सर्वोच्च शिखर सगरमाथाबाट उद्घोष गरेको हो । आरोही महर्जनले यो अभियानलाई सामुदायिक विद्यालयमा प्रभावकारी ढङ्गले अघि बढाउने बताए । रासस