मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नारायणगढ-मुग्लिन सडकको भतेरीमा ट्रिपर, बस र कार ठक्कर खाँदा २८ जना घाइते

नारायणगढ-मुग्लिन सडकको भतेरीमा ट्रिपर, बस र कार ठक्कर खाँदा २८ जना घाइते


रतपुर । भरतपुर महानगरपालिकाको वडा नं २९ स्थित नारायणगढ-मुग्लिन सडक खण्डको भतेरीमा बुधबार दिउँसो ३ बजे सवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । घाइतेहरुमध्ये भरतपुर सरकारी अस्पतालमा ५ जना, नयाँ मेडिकल कलेजमा ५ जना र पुरानो मेडिकल कलेजमा १८ जना गरी कुल २८ जनाको उपचार भइरहेको छ ।
 
पोखराबाट नारायणगढतर्फ आउँदै गरेको बस ग १ ख ९३०३ नम्बरको यात्रुबाहक बस, मा नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको ना ७ ख २३०० नम्बरको ट्रिपर र बिएए ०६८४ नम्बरको कार ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
 
घाइते हुनेमा कारमा सवार भीमसेन थापा गाउँपालिका ३ गोरखाका ४४ वर्षीय अरुण पाण्डे, घिरिङ गाउँपालिका ५ बस्ने ३१ वर्षीय मानबहादुर राना, सोही ठाउँका ४५ वर्षीय मानबहादुर थापा मगर, तनहुँ डुम्रे भन्सार बस्ने ३० वर्षीया राममाया गन्धर्व, बाग्लुङ जैमिनी नगरपालिका ४ बस्ने वर्ष ३० को कुशल पौडेल र कास्कीको पोखरा महानगरपालिका २९ बस्ने २० वर्षीय सुमन मगर, रहेका छन् । यस्तै, बसमा सवार भरतपुर महानगर ११ का ५९ वर्षीय रामबहादुर श्रेष्ठ, भरतपुर ९ का ४० वर्षीय भेषराज भुषाल र बारा कलैयाका २३ वर्षीय मुस्ताफा मन्सुरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 
यस्तै, पुरानो मेडिकल कलेजमा उपचार भइरहेका घाइतेहरुमा मकवानपुरको कैलाश गाउँपालिका ८ बस्ने वर्ष २४ को विनोद प्रजा, भरतपुर महानगर १ का ६२ वर्षीय निलबहादुर क्षेत्री, काठमाडौँ नागार्जुन २ बस्ने वर्ष ४४ को कुमार अधिकारी, तनहुँ शुक्लागण्डकी नगरपालिका ४ बस्ने वर्ष ३८ को शिवराज सुवेदी, तनहुँको म्याग्दे गाउँपालिका ६ बस्ने वर्ष २७ की शर्मिला श्रेष्ठ, सोही ठाउँकी २० महिनाकी विनिशा श्रेष्ठ, स्याङ्जाको बिरुवा गाउँपालिका ५ बस्ने वर्ष ३२ की लक्ष्मी वाग्ले, उनका ५ वर्षीय छोरा शिव वाग्ले, स्याङ्जा घर भई रत्ननगर टाँडी बस्ने वर्ष ३९ को यमबहादुर आले, उनकी ५ वर्षीया छोरी आशिका आले र तनहुँको भानु नगरपालिका १२ बस्ने वर्ष ६० को राजु माझकोटी घाइते भएको प्रहरीले जनाएको छ ।
 
यसैगरी, नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको घाइतेहरुमा बसका सहचालक नवलपरासी बुलिनटार गाउँपालिकाका २० वर्षीय सरोज कुमाल, बसमा सवार तनहुँ व्यास नगरपालिका २ बस्ने बर्ष २७ की निस्ता घले, उनकी ३ वर्षीया छोरी विनिशा रहेका छन् ।
 
यस्तै, भरतपुर अस्पताल भरतपुरमा उपचार भइरहेको घाइतेहरुमा बसमा सवार तनहुँ चन्द्रवती गाउँपालिका ७ बस्ने वर्ष २० को प्रभु परियार, उदयपुर बस्ने वर्ष १९ को शोभित सुसौली, सोही ठाउँका ३६ वर्षीय प्रकाश विक, रुपन्देहीको बुटवल नगरपालिका २ बस्ने वर्ष २७ को रवि परियार, सोही ठाउँका ६ वर्षीया रविना परियार रहेका छन् ।
 
दुर्घटनापश्चात प्रहरी चौकी जुगेडी, इलाका प्रहरी कार्यालय मुग्लिन र वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको टोलीले घाइतेहरुको उद्धार गरी उपचारार्थ भरतपुरका तीन अस्पतालमा पठाएको हो । क्रेनको सहायताबाट बेलुकी ४ बजे तीनवटै सवारी साधन हटाइ दुईतर्फी सडक सुचारु गरिएको प्रहरीले जनाएको छ ।
 
#तस्बिर : जिल्ला प्रहरी कार्यालय, चितवन